Logo

Sep 11 2025 | २०८२, भदौ २६गते

Sep 11 2025 | २०८२, भदौ २६गते

images

तस्करीको सुन किन्नेहरूमा लक्की ज्वेलर्स रहेको खुलासा

तस्करीको सुन किन्नेहरूमा लक्की ज्वेलर्स रहेको खुलासा

  • काठमाडौं। विदेशबाट तस्करी भई आउने सुन नेपालमा नै केही ज्वेलरी पसलहरूले खरिद गर्ने गरेको खुलेको छ।नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआइबी)ले ६१ किलो सुन प्रकरणमा गरेको दोस्रो चरणको अनुसन्धानमा केही सुन पसलका संचालकहरू पनि तानिएका हुन्। 

    काठमाडौं, चितवन र हेटौंडामा गहना पसल (ज्वेलरी पसल) सञ्चालनमा रहेको लक्की ज्वेलर्सले तस्करीको सुन किनेको पाइएको छ । यसका सञ्चालक धनुषा घर भएका ऋषि ठाकुर र म्यानेजर मुकुन्द्र ठाकुरलाई पनि प्रतिवादी बनाइएको छ।
    नेपाल भित्रिएको तस्करीको सुनमध्ये लक्की ज्वेलर्सले ३ किलो ४ सय ५० ग्राम खरिद गरेको खुलेको हो।

    सुन प्रकरणमा पक्राउ परेका अर्का भारतीय नागरिक सिद्धनाथ अशोक गायकवाडसँग लक्की ज्वेलर्सका सञ्चालकसँग सम्बन्ध देखिएको छ । गायकवाडले लक्की ज्वेलर्सको प्यान नम्बरसहितको बिल प्रयोग गरेर सुन बिक्री गर्ने गरेको खुलेको हो।उनको काठमाडौंमा सुनको रिफाइनर पसल रहेको छ। उनले सुन बिक्री गर्न नमिल्ने भएपछि तस्करीको सुन लक्की ज्वेलर्सको बिल प्रयोग गरेर बिक्री गर्ने गरेका थिए।

    सुन प्रकरणमा समातिएका अर्का प्रतिवादी पिन्टु भन्ने अभिजित तानाजी मुलिकले दुई जनासँग मिलेर बिल प्रयोग गर्ने गरेको खुलेको हो।प्रहरीले २ जनाविरुद्ध ३ किलो ४५० ग्राम सुन खरिद गरेको अभियोगमा ३ करोड ३२ लाख ८५ हजार ७४७ रुपैयाँ बिगो दाबीसहित संगठित अपराध ऐनमा मुद्दा दायर गरेको छ । सञ्चालक भने फरार छन्।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij