Logo

Nov 07 2025 | २०८२, कात्तिक २१गते

Nov 07 2025 | २०८२, कात्तिक २१गते

images

अख्तियार आयुक्तको पर्खालमा डोजर लगाएको चौबीस घन्टा भित्रै ललितपुर महानगरपालिकाका मेयर महर्जनलाई आयोगमा बोलावट

अख्तियार आयुक्तको पर्खालमा डोजर लगाएको चौबीस घन्टा भित्रै ललितपुर महानगरपालिकाका मेयर महर्जनलाई आयोगमा बोलावट

  • काठमाडौं ।  अख्तियार दुरुपयोग अनुसन्धान आयोगका एक आयुक्तको पर्खालमा डोजर चलाएको चौबीस घन्टा भित्र ललितपुर महानगरपालिका मेयर चिरीबाबु महर्जनलाई भ्रष्टाचारसम्बन्धी उजुरीमा बयानका लागि बोलाइएको छ ।

    बाढीपहिरो पीडितका नाममा महानगरलाई हानि नोक्सानी हुने गरी रकम बाँडेको उजुरी परेपछि सोधपुछका लागि बोलाइएको अख्तियारले जानकारी सार्वजनिक गरेको हो ।मेयर महर्जन विरुद्ध उनको अघिल्लो कार्यकालमै बाढीपहिरो पीडितका नाममा नियम विपरीत रकम बाँडेको भन्दै अख्तियारमा उजुरी परेको छ ।

    सो उजुरीमा २०७७ सालमा धापाखेलमा बाढीपहिरो पीडितलाई साढे एक लाख र साढे दुई लाखका दरले कार्यपालिकाको निर्णय विपरीत रकम बाँडेको आरोप लगाइएको छ ।बुधबार मात्रै ललितपुर महानगरपालिकाले मन्दिरको जग्गा मिचेको भन्दै अख्तियारकी आयुक्त डा.  सुमित्रा अमात्यको घरको पर्खालमा डोजर चलाएको थियो । त्यसको चौबीस घन्टा नबित्दै आयोगले मेयर महर्जनका विरुद्ध सो पत्र काटिएको देखिएको छ ।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij