Logo

Nov 11 2025 | २०८२, कात्तिक २५गते

Nov 11 2025 | २०८२, कात्तिक २५गते

images

दर्जन बढी मन्त्रालयको पुँजीगत खर्च अहिलेसम्म ४० प्रतिशत पनि कटेन, अर्थमन्त्रालयकै ३० प्रतिशत कटेको छैन्

दर्जन बढी मन्त्रालयको पुँजीगत खर्च अहिलेसम्म ४० प्रतिशत पनि कटेन, अर्थमन्त्रालयकै ३० प्रतिशत कटेको छैन्

  • काठमाडौं । चालु आर्थिक वर्ष सकिन लागिरहेका बेला हालसम्म दर्जन भन्दा बढी मन्त्रालयको पुँजीगत खर्च ४० प्रतिशत पनि ननाघेको छ ।अन्तिम साता मात्र बाँकी रहिरहेका बेला सरकारका दर्जन बढी मन्त्रालयमा अझ ६० प्रतिशत भनदा बढी पुँजीगत खर्च बाँकी रहेको हो ।

    चार मन्त्रालयको पुँजीगत खर्च २० प्रतिशत पनि कट्न नसकेको देखिएको छ ।  २० प्रतिशत पनि खर्च नकटाउने मन्त्रालयमा महिला बालबालिका तथा ज्येष्ठ नागरिक, सञ्चार तथा सूचना प्रविधि, उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय छन्  ।यी मन्त्रालयको पुँजीगत खर्च क्रमशः १०.५०, ११.५८ र १६.९७ प्रतिशत मात्र भएको देखिएको छ ।

    ३० प्रतिशत पनि खर्च नकटाउने मन्त्रालयको संख्या ३ वटा छन् । जसमा अर्थको २७.६०, प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको २७.६१ र शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको खर्च २७.९४ प्रतिशत छ ।

    सबैभन्दा बढी खर्च गर्ने मन्त्रालयमा रक्षा पर्छ । यस मन्त्रालयका लागि चालु आर्थिक वर्षमा ५ अर्ब ६७ करोड १२ लाख रुपैयाँ विनियोजन भएको थियो । यसमध्ये मन्त्रालयले ४ अर्ब ६३ करोड ४२ लाख रुपैयाँ खर्चिएको छ ।अर्थात् कुल विनियोजितमा मन्त्रालयले ८१.७२ प्रतिशत खर्च गरेको हो । 

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij