Logo

Nov 08 2025 | २०८२, कात्तिक २२गते

Nov 08 2025 | २०८२, कात्तिक २२गते

images

असारको २५ दिनमा बजेट खर्च पौने दुई खर्ब, कुल खर्च साढे १३ खर्ब बढी, गर्नुपर्ने कुल खर्च साढे १७ खर्ब

असारको २५ दिनमा बजेट खर्च पौने दुई खर्ब, कुल खर्च साढे १३ खर्ब बढी, गर्नुपर्ने कुल खर्च साढे १७ खर्ब

  • काठमाडौं । सरकारले  असारको २५ दिनमा कुल खर्च साढे १३ अर्ब बढी गरेको छ । असार महिनाको २५ दिनमा  पौने २ खर्ब रुपैयाँ बजेट खर्च गरेको हो ।
    २५ असार बिहानसम्मको तथ्यांक अनुसार सरकारले १३ खर्ब ५६ अर्ब २१ करोड रुपैयाँ बजेट खर्च गरेको छ ।१ असारका दिन ११ खर्ब ८१ अर्ब २९ करोड खर्च भएकोमा बाँकी २५ दिनमा सरकारले १ खर्ब ७४ अर्ब ९२ करोड रुपैयाँ खर्च गरेको छ ।

    सरकारले यस वर्ष १७ खर्ब ५१ अर्ब रुपैयाँको बजेट खर्च गर्ने गरी ल्याएको थियो । मंगलबार बिहानसम्मको तथ्यांक अनुसार सरकारले कुल लक्ष्यको ७७.४४ प्रतिशत बजेट खर्च गरेको देखिन्छ ।

    २३ असारका दिन १२ खर्ब ९८ अर्ब रहेको सरकारी खर्च २४ असारमा १३ खर्ब २२ अर्ब पुगेको छ । २५ असार अर्थात् मंगलबार बिहानसम्म भने १३ खर्ब ५६ अर्ब रुपैयाँ खर्च पुगिसकेको छ । यसआधारमा सरकारले सोमबार एकै दिन ठूलो भुक्तानी गरेको देखिन्छ ।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij