Logo

Oct 16 2025 | २०८२, असोज ३०गते

Oct 16 2025 | २०८२, असोज ३०गते

images

दरबार मार्गस्थित क्यासिनो प्यालेस बन्द, के गर्दै छन् पर्यटक विभाग र राजस्व अनुसन्धान विभाग ?

दरबार मार्गस्थित क्यासिनो प्यालेस बन्द, के गर्दै छन् पर्यटक विभाग र राजस्व अनुसन्धान विभाग ?

  • काठमाडौं ।दरबार मार्गको ‘क्यासिनो प्यालेस’ अहिलेसम्म खुल्न सकेको छैन् । होटल डेल अन्नपूर्णाको परिसरमा रहेको ‘क्यासिनो प्यालेस’ एक महिना अघि देखि बन्द रहेको छ ।राजस्व अनुसन्धान विभागले राजस्व चुहावट र विदेशी मुद्रा अपचलन भएको आशंकामा गत जेठमा  छापा हानेपछि बन्द रहेको क्यासिनो प्यालेस अहिले सम्म खुल्न सकेको छन् ।

    पर्यटन विभागले लिगल पाटो देखाउँदै क्यासिनो नवीकरण हुन नसक्ने बताएपछि राजस्व अनुसन्धान विभागले  छापा हानेपछि  बन्द भएको क्यासिनो अहिलेसम्म खुल्न नसकेको हो ।क्यासिनोका सञ्चालक विनय शाहले  ‘होटल नरहेको स्थानमा क्यासिनो सञ्चालन हुन नसक्ने भन्दै पर्यटन विभागले क्यासिनोको नवीकरण हुन नसक्ने जनाएको’ बताए ।

    राजस्व अनुसन्धान विभागले छापा हानेर नियन्त्रणमा लिएको क्यासिनोको कागजपत्र र रकम  अहिले पनि राजस्व अनुसन्धान विभागको अनुसन्धानको क्रममा रहेको छ ।यता पर्यटन विभाग आफैले निलम्बन गरेको क्यासिनो फेरि फुकुवा गर्न लागि परेको छ ।
    निलम्बित क्यासिनो फुकुवा गर्न पर्यटन विभागका महानिर्देशक रूद्र पण्डित र केही व्यावसायीहरूसमेत लागि परेको स्रोतले बताएको छ ।

    दरबारमार्ग स्थित होटल डेला अन्नपूर्णमा संचालित क्यासिनो प्यालेस विगत एक महिना अघिदेखि बन्द रहेको छ । होटल अन्नपूर्ण विगत चार वर्षदेखि बन्द रहेको छ । होटल नै बन्द रहेको अवस्थामा होटल परिसरमा रहेको क्यासिनो संचालन भैरहेको भन्दै पर्यटन विभागले केही हप्ता अगाडि  क्यासिनो निलम्बन भएको पत्र पठाएको थियो । होटल अहिले पनि बन्द अवस्थामा छ । आफैैले बन्द गराउन पत्र काट्ने पर्यटन विभागका महानिर्देशक रूद्र पण्डित समेत क्यासिनो खुलाउन लागि परेका हुन् ।समाचार स्रोतका अनुसार क्यासिनो निलम्बन फुकुवा गराउन ठूलो चलखेल भइरहेको बताइएको छ ।

    महानिर्देशक पण्डितलाई  विभिन्न पक्षहरूबाट दबाब दिएपछि क्यासिना निलम्बन फुकुवा गर्न लागि परेका छन् । होटल अन्नपूर्ण २०८१ साल सम्म नवीकरण रहेको छ। तर होटल भने चार वर्ष देखि बन्द छ। होटल बन्द भए पनि क्यासिनो भने निरन्तर चलिरहेको थियो । बन्द होटलमा क्यासिनो संचालन भएको भनी धेरै विवाद भएपछि पर्यटन विभागले क्यासिनोलाई निलम्बन गर्दै बन्द गर्न निर्देशन दिएको थियो । अहिले सत्ता समीकरण नयाँ बनेसँगै  होटल र क्यासिनोका संचालकहरू क्यासिनोको निलम्बन फुकुवा गर्न लागि परेका छन् ।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij