Logo

Aug 12 2025 | २०८२, साउन २७गते

Aug 12 2025 | २०८२, साउन २७गते

images

होटल सांग्रिलाका संस्थापक अध्यक्ष पाण्डेको निधन

होटल सांग्रिलाका संस्थापक अध्यक्ष पाण्डेको निधन

  • काठमाडौं । लाजिम्पाटस्थित पाँचतारे होटल सांग्रिलाका संस्थापक अध्यक्ष तथा सञ्चालक श्यामबहादुर पाण्डेको निधन भएको छ ।पाण्डेको ८८ वर्षको उमेरमा सोमबार ग्रान्डी अस्पतालमा निधन भएको हो ।

    केही वर्षदेखि स्वास्थ्य समस्या बेहोरिरहेका होटल सञ्चालक पाण्डेले ६० वर्षभन्दा बढी समयसम्म पर्यटन र होटल उद्योगको विकास र उन्नतिका लागि काम गरेका थिए ।पाण्डेले चार दशकअघि होटल सांग्रिला स्थापना गरेको थिए ।

    पारिवारिक स्रोतका अनुसार पाण्डेको  दिउँसो ४ बजे पशुपति आर्यघाटमा दाहसंस्कार गरिने छ । त्यसअघि पाण्डेको पार्थिव शरीरलाई अन्तिम श्रद्धाञ्जलीका लागि उनको घरमा राखिने छ । पाण्डेका श्रीमती, दुई छोरा र एक छोरी छन् ।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij