Logo

Jul 06 2025 | २०८२, असार २२गते

Jul 06 2025 | २०८२, असार २२गते

images

अर्थमन्त्रालयले राष्ट्र बैकलाई मौद्रिक नीति लचिलो ल्याउन भन्यो, गभर्नर र अर्थमन्त्रीबीच तनाव बढ्न सक्ने पर्यवेक्षकहरूको आशंका

अर्थमन्त्रालयले राष्ट्र बैकलाई मौद्रिक नीति लचिलो ल्याउन भन्यो, गभर्नर र अर्थमन्त्रीबीच तनाव बढ्न सक्ने पर्यवेक्षकहरूको आशंका

  •  काठमाडौं ।  अर्थमन्त्रालयले राष्ट्र बैंकको नियमनकारी भूमिकामा प्रश्न उठाएको छ । अर्थमन्त्रालयले राष्ट्र बैंकको कमजोर नियमनका कारण वित्तीय क्षेत्र र समग्र अर्थतन्त्रमा समस्या आएको सवाल खडा गरेको हो ।

    अर्थमन्त्रालयले मंगलबार एक कार्यक्रमको आयोजना गरी राष्ट्र बैंकको नियमन कमजोर हुँदा बैंकिङ क्षेत्र पनि कमजोर बनेको निष्कर्ष निकाल्यो ।अर्थमन्त्रालयले प्रेस विज्ञप्ति नै जारी गरेर पनि राष्ट्र बैंकको भूमिका कमजोर बनेको जनाएको छ ।अर्थमन्त्रालयले राष्ट्र बैंकको भूमिका कमजोर बन्दा र प्रभावकारी रुपमा नियमन नगर्दा कर्जा प्रवाहलाई उत्पादनमूलक क्षेत्रमा निर्देशित गर्न नसकिएको, कर्जाको गुणस्तर बढाउने र बढ्न थालेको खराब कर्जालाई नियन्त्रणमा राख्न नसकेको र वित्तीय साधनको लागत घटाउने गरी मौद्रिक उपकरणहरुमा लचकता कायम गर्न नसकिएको सो विज्ञप्तिमा भनिएको छ ।


    अर्थमन्त्रालयले बैंकिङ क्षेत्र बलियो बनाउन राष्ट्र बैंकको नियमन प्रभावकारी हुनुपर्ने निष्कर्ष निकालेको छ । यी विभिन्न समस्या तथा चुनौतीको समाधानका लागि राष्ट्र बैंकले कर्जा प्रवाहलाई उत्पादनमूलक क्षेत्रमा निर्देशित गर्नुपर्ने, कर्जाको गुणस्तर बढाउने र बढ्न थालेको खराब कर्जालाई नियन्त्रणमा राख्ने, साना तथा मझौला उत्पादनमूलक व्यवसायलाई परियोजनामा आधारित कर्जा उपलब्ध गराउने र वित्तीय क्षेत्रमा स्थायित्व कायम गर्दै वित्तीय साधनको लागत घटाउने गरी मौद्रिक उपकरणमा लचकता कायम गर्न राष्ट्र बैंकलाई  राय दिएको छ  ।

    अर्थमन्त्री विष्णु पौडेलले यसअघि पनि विभिन्न सार्वजनिक कार्यक्रममा राष्ट्र बैंकले लचिलो मौद्रिक नीति ल्याउने र ल्याउनु पर्ने अभिव्यक्ति दिँदै आएका थिए ।तर अहिले अर्थमन्त्रीले लिखित रुपमै विज्ञप्ति जारी गरेर लचिलो मौद्रिक नीति ल्याउनु पर्ने धारणा  सार्वजनिक गरेका  हुन् ।अर्थमन्त्री पौडेलको यो कार्यबाट राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी अपेक्षामा आघात पुगेपछि  दुवैबीच तनाव बढ्ने पर्यवेक्षकहरूको आशंका छ ।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij