Logo

Sep 18 2025 | २०८२, असोज २गते

Sep 18 2025 | २०८२, असोज २गते

images

हमासका नेताको इजरायली हिरासतमा मृत्यु

हमासका नेताको इजरायली हिरासतमा मृत्यु

  • जेरूसेलम । वेस्ट ब्याङ्कमा रहेका हमासका एक नेताको इजरायली हिरासतमा मृत्यु भएको प्यालेस्टिनी अधिकारीले शुक्रबार बताएका छन् । 

    प्यालेस्टिनी कैदी मामिला निकाय र प्यालेस्टिनी प्रिजनर्स क्लबको संयुक्त विज्ञप्तिका अनुसार दक्षिणी इजरायलको जेलबाट अस्पतालमा सारिएपछि ६३ वर्षीय मुस्तफा मोहम्मद अबू आराको मृत्यु भएको हो। 

    “हामी नेता शेख मुस्तफा मोहम्मद अबु आराको निधनमा शोक व्यक्त गर्दछौं र चिकित्सकीय लापरबाहीबाट भएको उहाँको हत्याको लागि कब्जालाई जिम्मेवार ठान्दछौं,” हमासद्वारा जारी विज्ञप्तिमा बताइएको छ । 

    अबु आरालाई अक्टोबरमा गम्भीर स्वास्थ्य समस्या सामना गरिरहेको बेला पक्राउ गरिएको प्यालेस्टिनी निकायले जनाएका छन् । उहाँले नजरबन्दको समयमा क्रुर यातना सामना गर्नु परेको उनीहरूले बताएका छन् । 

    इजरायली सेनाले यस विषयमा प्यालेस्टिनी टिप्पणीको कुनै जवाफ दिएको छैन । 

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij