Logo

Nov 17 2025 | २०८२, मंसिर १गते

Nov 17 2025 | २०८२, मंसिर १गते

images
शेयर शिक्षा

शेयर बजारमा सर्किट ब्रेक ब्रेक भनेको के हो ? कसरी रोकिन्छ कारोबार ?

शेयर बजारमा सर्किट ब्रेक ब्रेक भनेको के हो ? कसरी रोकिन्छ कारोबार ?

  • काठमाडौं । नेपाल स्टक एक्स्चेञ्ज (नेप्से)ले बजारको उतारचढावलाई नियन्त्रण गर्नको लागि सर्किट ब्रेक लगाउने व्यवस्था शुरु गरेको हो । उक्त व्यवस्था २०६४ देखि शुरु भएको हो ।

    २०६४ सालदेखि शुरु भएको व्यवस्थामा केही बुँदाहरु परिमार्जित भएका छन् । पछिल्लो समय २०७५ चैत १९ गतेदेखि लागू भएको नयाँ व्यवस्था अनुसार नेप्सेमा सर्किट ब्रेक लागिरहेको छ ।

    स्टकको नयाँ व्यवस्थाअनुसार कारोबार शुरु भएको पहिलो एक घण्टामा चार प्रतिशतले घटे वा बढेमा १५ मिनेटसम्म सर्किट ब्रेक लाग्ने भएको छ । यस्तै दोस्रो घण्टामा पाँच प्रतिशतले घटे वा बढेमा ३० मिनेट तथा तेस्रो घण्टा वा त्यसपछिको समयमा ६ प्रतिशतले घटे वा बढेमा बाँकी पूरै दिनको कारोबार स्थगित गर्ने व्यवस्था छ ।

    सोही अनुरुप आज आइतबारको बजारमा दुई पटक सर्किक ब्रेक लागि सकेको छ । पहिलो पटक कारोबार शुरु भएको केही मिनेटमै ४ प्रतिशतले बढेर र अर्को पटक ५ प्रतिशतले बढेर हाल सेयर कारोबार ४० मिनेटको लागि बन्द भइको छ । अब दुई पटक सर्किट लागेर खुलेपछिको बजार पनि ६ प्रतिशतले घट्यो वा बढ्यो भने आजको पुरै कारोबार स्थगित हुने छ ।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij