Logo

Jul 01 2025 | २०८२, असार १७गते

Jul 01 2025 | २०८२, असार १७गते

images

बंगलादेशी प्रधानमन्त्री हसिनाले आधिकारिक निवास छोडिन्, उग्र हँदै गएको आन्दोलनको बीच सेनाले सम्बोधन गर्ने सम्भवाना

बंगलादेशी प्रधानमन्त्री हसिनाले आधिकारिक निवास छोडिन्, उग्र हँदै गएको आन्दोलनको बीच सेनाले सम्बोधन गर्ने सम्भवाना

  • काठमाडौं । बंगलादेशमा जारी आन्दोलन उग्र तथा हिंसात्मक घटना बढ्दै   गइरहेको बेला बंगलादेशकी प्रधानमन्त्री शेख हसिनाले राजधानी ढाकाको आधिकरिक निवास छोडेर अन्यत्र सुरक्षित स्थानमा लुकेकी छिन् ।अन्तर्राष्ट्रिय समाचार संस्था बीबीसीले प्रदर्शनकारीको ¥यालीले गर्दा बंगलादेशका प्रधानमन्त्री शेख हसिनाले आधिकारिक निवास छोडेर “सुरक्षित स्थानमा” गएको स्रोतको हवाला दिएर जनाएको हो ।

    देशको लामो समय सेवा गर्ने नेतालाई देश छाड्न माग गर्दै विद्यार्थी नेताहरूले सविनय अवज्ञाको अभियान घोषणा गरेका छन् ।बंगलादेशमा आइतबार प्रहरी र सरकार विरोधी प्रदर्शनकारीबीचको झडपमा कम्तीमा ९० जनाको मृत्यु भएको छ भने सयौं घाइते भएका छन् ।राजधानीको राष्ट्रिय स्मारक शहीद मीनारदेखि सुरु भएको ‘लङ मार्च टु ढाका’ बीच केही घण्टा इन्टरनेट सेवा पूर्णरुपमा बन्द भएको थियो ।

    मृत्यु हुनेको संख्यामा कम्तीमा १३  प्रहरी अधिकारीहरू छन् । थप हिंसालाई रोक्नको लागि अनिश्चित राष्ट्रव्यापी कर्फ्यू लगाइएको छविद्यार्थी आन्दोलन – जुन जुलाईदेखि जारी छ – निजामती सेवाको जागिरमा कोटा खारेज गर्ने आह्वानका साथ सुरु भएको थियो । तर पछि यो धेरै व्यापक सरकार विरोधी आन्दोलनमा परिणत भयो ।

    हालसम्मको अशान्तिको परिणाम स्वरूप कम्तिमा २८०  जनाको मृत्यु भइसकेको छ, जसले सरकारले देशका केही भागहरूमा इन्टरनेट सेवाहरूमा पहुँच प्रतिबन्ध लगाउन प्रेरित गरेको छ।संयुक्त राष्ट्र संघले “चकित पार्ने हिंसा“ अन्त्य गर्न आह्वान गरेको छ र बंगलादेशी राजनीतिज्ञ र सुरक्षा बलहरूलाई संयमता अपनाउन आग्रह गरेको छ।सेनाले सम्बोधन गर्ने समाचार पनि अन्तर्राष्ट्रिय एजेन्सीहरूले जनाएका छन् ।

     

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij