Logo

Nov 08 2025 | २०८२, कात्तिक २२गते

Nov 08 2025 | २०८२, कात्तिक २२गते

images

एचआईडिसिएलको १ करोड ६८ लाख कित्ता संस्थापक शेयर लिलाम बिक्रीमा

एचआईडिसिएलको १ करोड ६८ लाख कित्ता संस्थापक शेयर लिलाम बिक्रीमा

  • काठमाडौँ ।  हाइड्रोइलेक्ट्रीसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनी लिमिटेड अर्थात एचआईडिसिएलले संस्थापक समूहको १ करोड ६८ लाख ५९ हजार ५० कित्ता शेयर लिलाम बढाबढ प्रक्रियामार्फत बिक्री गर्ने भएको छ।

    कम्पनीले अवितरित हकप्रद शेयरमध्ये लिलाम बढाबढ प्रक्रियामार्फत बिक्री नभएको शेयर बिक्री गर्न लागेको हो। सो शेयर खरिदका लागि जो कोही व्यक्ति, संस्था वा कम्पनीले बोलपत्र पेश गर्न सक्नेछन्।
    लगानीकर्ताले साउन २९ गतेदेखि भदौ ६ गतेसम्म बोलपत्र पेश गर्नुपर्नेछ। शेयरको न्यूनतम मूल्य १०० रुपैयाँ तोकिएको छ। लगानीकर्ताले सो वा सोभन्दा बढी मूल्य अंकित गरी बोलकबोल गर्नुपर्नेछ। बोलपत्र पेश गर्दा न्यूनतम १०० कित्ता वा सोभन्दा बढीको लागि अधिकतम सम्पूर्ण शेयर संख्याका लागि आवेदन दिन सकिनेछ।

    कम्पनीको शेयर बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटल लिमिटेड रहेको छ।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij