Logo

May 04 2025 | २०८२, वैशाख २२गते

May 04 2025 | २०८२, वैशाख २२गते

images

नोबेल पुरस्कार सम्मानित युनुस  बंगलादेशको अन्तरिम सरकारको नेता नियुक्त

नोबेल पुरस्कार सम्मानित युनुस  बंगलादेशको अन्तरिम सरकारको नेता नियुक्त

  • काठमाडौं । बंगलादेशको अन्तरिम सरकारको नेतृत्व नोबेल पुरस्कार विजेता मुहम्मद युनुसले गर्ने भएका छन् ।बंगलादेशकी अपदस्थ प्रधानमन्त्री शेख हसिनाका लामो समयदेखि राजनीतिक शत्रु रहेका नोबेल पुरस्कार विजेता मुहम्मद युनुसलाई देशको अन्तरिम नेता नियुक्त गरिएको हो ।

    राजीनामाको माग गर्दै हप्तौंसम्म भएको घातक विरोध प्रदर्शनपछि हसिनाले  देश छोडेको एक दिनपछि ८४ वर्षीय राजनीतिक शत्रु युनुसलाई  अन्तरिम नेताको रूपमा नियुक्त गरियो ।प्रो युनुसलाई साना साना ऋणकोे अग्रगामी प्रयोगका लागि प्रशंसा गरिएको भएपनि पूर्व प्रधानमन्त्री  हसिनाले उनलाई जनताको शत्रुको रूपमा मानेकी थिइन् । युनुस  हाल जमानतमा छन् ।  युनुसले आफू विरुद्धको मुद्दालाई राजनीतिक रूपमा प्रेरित मुद्दा भनी भनदै आएका छन् । 

    आन्दोलनकारी विद्यार्थीहरूले सैनिक नेतृत्वको सरकारलाई स्वीकार गर्न अस्वीकार गरे पछि  अन्तरिम सरकारको जिम्मा  प्रोफेसर युनुसलाई दिन दबाब दिएका छन् ।राष्ट्रपति मोहम्मद शाहबुद्दीन, सैन्य नेता र विद्यार्थी नेताहरुबीचको बैठकपछि अन्तरिम सरकारको प्रमुख सल्लाहकारमा प्रोफेसर युनुसलाई नियुक्त गर्ने निर्णय भएको हो ।

    बंगलादेशमा जुलाईको सुरुमा विश्वविद्यालयका विद्यार्थीहरूले सरकारी सेवामा बंगलादेश स्थापनाका बेला बलिदान दिएकाहरूको सैनिक परिवारलाई आरक्षण दिनुपर्ने  पूर्व प्रधानमन्त्री हसिनाको तत्कालीन प्रस्तावको विरोधमा आन्दोलन सुरु गरेका थिए । सो आन्दोलन देशभर फैलिएर हसिनाको सत्ता विरोधी आन्दोलनमा परिणत भयो । अन्ततः उनलाई देश छोडी भाग्न प¥यो ।सरकारी सेना र प्रदर्शनकारीबीचको झडपमा चार सयभन्दा बढी व्यक्तिको मृत्यु भएको अनुमान गरिएको छ।सोमबार मात्रै देशभर १०० भन्दा बढी व्यक्तिको मृत्यु भयो । यो आन्दोलनको सबैभन्दा घातक दिन बन्यो। सयौं प्रहरी चौकीमा समेत आगजनी गरिएको छ ।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij