Logo

Nov 17 2025 | २०८२, मंसिर १गते

Nov 17 2025 | २०८२, मंसिर १गते

images

नेरुडे मिर्मिरे लघुवित्तको खुद नाफा ६७२ प्रतिशत बढ्यो

नेरुडे मिर्मिरे लघुवित्तको खुद नाफा ६७२ प्रतिशत बढ्यो

  • काठमाडौं । नेरुडे मिर्मिरे लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आवको चौथो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ । उक्त वित्तीय विवरण अनुसार कम्पनीको खुद नाफा अघिल्लो आवको चौथो त्रैमासको तुलनामा गत आवको सोही अवधिमा ६७२ प्रतिशत वृद्धि भएको छ ।

    अघिल्लो वर्ष कम्पनीको खुद नाफा रू. ५ करोड ७८ लाख  रहेकोमा गत वर्ष बढेर रू. ४४ करोड ७० लाख पुगेको हो । गत आवमा कम्पनीको इम्पेयरमेन्ट चार्ज घटेकाले नाफा बढ्न टेवा पुगेको हो । अघिल्लो वर्ष कम्पनीको इम्पेयरमेन्ट चार्ज रू. १ करोड ९१ लाख रहेकोमा गत वर्ष घटेर रू.५५ लाख ४१ हजारमा झरेको छ । सोही कारण कम्पनीको सञ्चालन नाफा पनि उल्लेख्य वृद्धि भएको छ । अघिल्लो वर्ष कम्पनीको सञ्चालन नाफा रू.८ करोड ६१ लाख रहेकोमा गत वर्ष बढेर रू. ५९ करोड ९१ लाख पुगेको हो । 

     कम्पनीको खुद ब्याज आम्दानी पनि अघिल्लो वर्षको तुलनामा गत वर्ष १३८ प्रतिशत वृद्धि भएको छ ।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij