Logo

Nov 17 2025 | २०८२, मंसिर १गते

Nov 17 2025 | २०८२, मंसिर १गते

images

आइजीआई प्रुडेन्सियल इन्सुरेन्सको खुद नाफा १५६.६७ प्रतिशतले बढ्यो

आइजीआई प्रुडेन्सियल इन्सुरेन्सको खुद नाफा १५६.६७ प्रतिशतले बढ्यो

  •  

    काठमाडौँ ।चौथो त्रैमाससम्म आइपुग्दा आइजीआई प्रुडेन्सियल इन्सुरेन्सको खुद नाफासँगै प्रमुख सूचकहरु बढेका छन् । यसअवधिमा खुद नाफा १५६.६७ प्रतिशतले बढेर ६१ करोड २१ लाख ३१ हजार रुपैयाँ पुगेको छ । अघिल्लो वर्षको यसैअवधिमा यसले २३ करोड ८४ लाख ८६ हजार रुपैयाँ पुगेको छ । खुद बिमा शुल्क आर्जन बढेसँगै यसको खुद नाफा बढेको हो ।

    खुद बिमा शुल्क आर्जन ९०.५६ प्रतिशतले बढेर १ अर्ब ४१ करोड ८२ लाख ८१ हजार रुपैयाँ पुगेको छ । कुल आम्दानी ८९.६३ प्रतिशतले बढेर २ अर्ब ३६ करोड ५४ लाख २ हजार रुपैयाँ पुगेको छ । त्यस्तै, कमिसन बापतको आम्दानी पनि ३०..०७ प्रतिशतले बढेर ३६ करोड ९० लाख ४० हजार रुपैयाँ पुगेको छ ।

    असार मसान्तसम्म आइपुग्दा चुक्ता पुँजी ३ अर्ब २ करोड ९३ लाख ३४ हजार रुपैयाँ छ ।

     

     

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij