Logo

Nov 17 2025 | २०८२, मंसिर १गते

Nov 17 2025 | २०८२, मंसिर १गते

images

हिमालय उर्जाको विद्युत बिक्री आम्दानी २७ करोड ५६ लाख रुपैयाँ

हिमालय उर्जाको विद्युत बिक्री आम्दानी २७ करोड ५६ लाख रुपैयाँ

  • काठमाडौँ ।हिमालय उर्जाको असार मसान्तसम्ममा अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। आर्थिक वर्षको अन्त्यसम्ममा विद्युत बिक्री मार्फत २६ करोड ७५ लाख रुपैयाँ आम्दानी गरेको यस कम्पनीले गत आर्थिक वर्षमा २७ करोड ५६ लाख रुपैयाँ यस्तो आम्दानी गरेको छ। समीक्षा अवधिमा कम्पनीको यस्तो आम्दानी ३.०७ प्रतिशत बढेको हो।विद्युत बिक्री आम्दानी बढेसँगै कम्पनीको नोक्सानी घटेको छ। समीक्षा अवधिमा कम्पनीको खुद नोक्सानी १५ करोड ३५ लाख रुपैयाँबाट घटेर १४ करोड ९१ लाख रुपैयाँमा झरेको छ।

    आम्दानी बढेसँगै कम्पनीको नोक्सानी घट्न पुगेको हो।

    समीक्षा अवधिमा कम्पनीको कुल आम्दानी २८ करोड ३ लाख रुपैयाँबाट बढेर ३३ करोड २९ लाख रुपैयाँ पुगेको छ भने सञ्चालन मुनाफा २२ करोड १६ लाख रुपैयाँबाट २७ करोड ६७ लाख रुपैयाँ पुगेको छ।

    गत साउन २४ गतेदेखि १ बराबर १ अनुपातमा हकप्रद शेयर निष्काशन गरेको यस कम्पनीको चुक्ता पूँजी हाल ९९ करोड रुपैयाँ रहेको छ।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij