Logo

Nov 17 2025 | २०८२, मंसिर १गते

Nov 17 2025 | २०८२, मंसिर १गते

images

युनिलिभर नेपाल लिमिटेडको खुद नाफा  ७.६३ प्रतिशतले बढ्यो

युनिलिभर नेपाल लिमिटेडको खुद नाफा  ७.६३ प्रतिशतले बढ्यो

  • काठमाडौँ ।  युनिलिभर नेपाल लिमिटेडको गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। आर्थिक वर्षको अन्त्यसम्ममा कम्पनीले १ अर्ब ९७ करोड रुपैयाँ खुद नाफा आर्जन गरेको छ। यो अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा ७.६३ प्रतिशत बढी हो।
    कम्पनीको आम्दानीको तुलनामा खर्च घटेका कारण खुद नाफा बढ्न पुगेको हो।

    समीक्षा अवधिमा कम्पनीको सञ्चालन आम्दानी २.८४ प्रतिशत घटेको छ भने कुल आम्दानी २.२३ प्रतिशत घटेको छ। त्यस्तै, कम्पनीको कुल खर्च समीक्षा अवधिमा ५.८० प्रतिशत घटेको छ।

    नाफासँगै कम्पनीको प्रतिशेयर आम्दानी पनि बढेको छ। समीक्षा अवधिमा कम्पनीको यस्तो आम्दानी १५१ रुपैयाँ ९० पैसा बढेर २ हजार १४३ रुपैयाँ ५४ पैसा पुगेको छ। असार मसान्तसम्ममा कम्पनीको प्रतिशेयर नेटवर्थ ५ हजार २८५ रुपैयाँ रहेको छ भने मूल्य आम्दानी अनुपात २२.०७ गुणा रहेको छ।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij