Logo

Sep 13 2025 | २०८२, भदौ २८गते

Sep 13 2025 | २०८२, भदौ २८गते

images

माई पे डिजिटलबाट यसरी चोरियो साढे ३८ लाख बढी रुपैयाँ, योजनाकार अझै फरार

माई पे डिजिटलबाट यसरी चोरियो साढे ३८ लाख बढी रुपैयाँ, योजनाकार अझै फरार

  • काठमाडौं। प्रहरीले स्मार्ट कार्ड नेपाल प्राइभेट लिमिटेडद्वारा  सञ्चालित माई पे डिजिटल वालेटबाट अनधिकृत रुपमा रकम झिकिएको जनाएको छ ।पटक पटक वालेटको एडमिनमा पहुँच पु¥याएर साढे ३८ लाख रुपैयाँ झिकिएको प्रहरीको अनुसन्धानमा देखिएको हो ।

    कम्पनीको तर्फबाट नेपाल प्रहरीको साइबर ब्युरोमा उजुरी परेपछि भएको अनुसन्धानमा प्रहरीले २५ वर्षीय नवीन श्रेष्ठ र सुश्मिता सामारीलाई पक्राउ ग¥यो । घटनामा संलग्न देखिएका ज्ञानेन्द्र शर्मा, सुमित वली र कोमलबहादुर भण्डारी भने फरार छन्।

    जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंले जिल्ला अदालतमा उनीहरू विरुद्ध  ठगी मुद्दा दायर गरेको छ । यसरी डिजिटल वालेटबाट झिकेको रकममध्ये सुस्मिता सामारीको ग्लोबल आइएमई बैंकमा रहेको खातामा ३६ लाख ४८ हजार ८२० रुपैयाँ, कोमलबहादुर भण्डारीको सिटिजन्स बैंकको खातामा ९९ हजार ९९० रुपैयाँ जम्मा गरेको देखिएको छ।

    पक्राउ परेका नवीन श्रेष्ठले फरार रहेका ज्ञानेन्द्रले सबै योजना बनाएको बयान दिएका छन्। डिजिटल सोलुसन नेपाल कम्पनीमा जागिर दिने भन्दै ह्वाट्स्एप र फेसबुकमार्फत मानिससँग सम्पर्क गरेर ठगी गर्ने गरेको पनि खुलेको छ।नवीनका अनुसार ज्ञानेन्द्रले नै माइ पे डिजिटल वालेटमा अनधिकृतरुपमा पहुँच पु¥याएर रकम विभिन्न खातामा हाल्ने गरेको पाइएको छ ।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij