Logo

Nov 17 2025 | २०८२, मंसिर १गते

Nov 17 2025 | २०८२, मंसिर १गते

images

एचआइडीसीएलको १ करोड ६८ लाख कित्ता सेयर लिलामी बिक्री खुला

एचआइडीसीएलको १ करोड ६८ लाख कित्ता सेयर लिलामी बिक्री खुला

  •  

    काठमाडौं । जलविद्युत लगानी तथा विकास कम्पनी (एचआइडीसीएल) ले आज साउन २९ गतेदेखि १ करोड ६८ लाख ५९ हजार ५० कित्ता सेयर लिलामी बिक्री खुला गरेको छ । कम्पनीले संस्थापक समूहको सेयर लिलामीमा खुला गरेको हो । लिलामीमा जो कोही व्यक्ति, संस्था वा कम्पनीले आवेदन दिन सक्ने एचआइडीसीएलले जनाएको छ । 

    यसमा भदौ ६ गतेसम्म लिलामीको बोलपत्र पेश गर्न सकिनेछ । न्यूनतम १०० रुपैयाँलाई आधार मानेर लिलाम बढाबढमा सहभागी बन्नुपर्नेछ । यसमा बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटल नक्साल, काठमाडौं तथा ग्लोबल आइएमई बैंकको शंखमुल नयाँबानेश्वर काठमाडौंबाट बोलपत्र आवेदन फारम लिन र बुझाउन सकिने कम्पनीले जनाएको छ । 

     ग्लोबल आइएमई बैंकको विर्तामोड, विराटनगर, जनकपुर, वीरगञ्ज, हेटौंडा र नारायणगढ शाखाबाट आवेदन दिन सकिन्छ ।

     

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij