Logo

Nov 17 2025 | २०८२, मंसिर १गते

Nov 17 2025 | २०८२, मंसिर १गते

images

हिमालयन एभरेष्ट इन्सुरेन्सको खुद नाफामा ५०.०८ प्रतिशतले बढ्यो

हिमालयन एभरेष्ट इन्सुरेन्सको खुद नाफामा ५०.०८ प्रतिशतले बढ्यो

  • काठमाडौं । हिमालयन एभरेष्ट इन्सुरेन्सले गत आर्थिक वर्षको चौथो त्रैमाससम्ममा ६६ करोड ७९ लाख रुपैयाँ खुद नाफा कमाएको छ । उक्त नाफा अघिल्लो वर्षको भन्दा ५०.०८ प्रतिशतले धेरै हो ।

    असारसम्ममा कम्पनीको खुद बिमा शुल्क आर्जन र कुल आम्दानी बढेकाले खुद नाफामा वृद्धि भएको हो । यसको खुद बिमा शुल्क ३६।९४ प्रतिशतले बढेर १ अर्ब ३३ करोड रुपैयाँ कायम भएको छ । कम्पनीको कुल आम्दानी ४४.१४ प्रतिशतले बढेर २ अर्ब ४७ करोड रुपैयाँ पुगेको छ । कम्पनीको कर्जा तथा लगानीबाट हुने आम्दानी पनि २.१० प्रतिशतले बढेर ३४ करोड ५८ लाख रुपैयाँ पुगेको छ । 

    हाल हिमालयन एभरेष्ट इन्सुरेन्सको चुक्ता पुँजी २ अर्ब ५० करोड रुपैयाँ रहेको छ । यता, खुद नाफामा वृद्धि भएपछि प्रतिसेयर आम्दानी पनि ७.३८ रुपैयाँले बढेर २६।७२ रुपैयाँ पुगेको छ । यसको प्रतिसेयर नेटवर्थ भने २९१.८३ रुपैयाँ छ ।

     

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij