Logo

Nov 17 2025 | २०८२, मंसिर १गते

Nov 17 2025 | २०८२, मंसिर १गते

images

लक्ष्मी सनराइज बैंकको स्वामित्वमा रहेको सनराइज सेक्युरिटिजद्वारा शेयर कारोबार शुरु

लक्ष्मी सनराइज बैंकको स्वामित्वमा रहेको सनराइज सेक्युरिटिजद्वारा शेयर कारोबार शुरु

  • काठमाडौं। लक्ष्मी सनराइज बैंकको शतप्रतिशत स्वामित्वमा संस्थापित सनराइज सेक्युरिटिजले शेयर कारोबार गराउन शुरु गरेको  छ।बैंकका अध्यक्ष रमण नेपालले बुधबार कम्पनीको कारोबार सञ्चालन शुभारम्भ गरेका हुन् ।  त्यस अवसरमा उनले कम्पनीले शेयर कारोबारसँग सम्बन्धित सेवा सहजरुपमा दिने विश्वास व्यक्त गरे।

    बैंकका प्रमुख कार्यकारी अधिकृत अजय विक्रम शाहले बैंकको सहायक कम्पनीका रुपमा अर्को संस्थाले कारोबार सुरु गरेकोमा  खुशी व्यक्त गरे। सनराइज सेक्युरिटिजका प्रबन्ध सञ्चालक कमल गौतमले कम्पनीले धितोपत्र खरिद बिक्री सम्बन्धी सम्पूर्ण सेवा सरल र सहजरुपमा प्रदान गर्ने बताए।कम्पनीको अधिकृत तथा चुक्ता पूँजी २० करोड रुपैयाँ छ। गैह्रीधारामा कार्यालय रहेको कम्पनीको स्टक ब्रोकर नम्बर १०० हो।

     

     

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij