Logo

Nov 17 2025 | २०८२, मंसिर १गते

Nov 17 2025 | २०८२, मंसिर १गते

images

कालिन्चोक दर्शन लिमिटेडले चौथो त्रैमासमा २ करोड ६६ लाख रुपैयाँ नाफा कमाए

कालिन्चोक दर्शन लिमिटेडले चौथो त्रैमासमा २ करोड ६६ लाख रुपैयाँ नाफा कमाए

  • काठमाडौं । चौथो त्रैमासमा कालिन्चोक दर्शन लिमिटेडले २ करोड ६६ लाख रुपैयाँ नाफा कमाएको छ । यो नाफा अघिल्लो वर्षको भन्दा ७.७५ प्रतिशतले धेरै हो ।
    पछिल्लो समय बाह्य तथा आन्तरिक पर्यटन व्यवसायमा सुधार आउँदा कम्पनीको नाफामा  सुधार भएको कम्पनीले जनाएको छ । एक वर्षको अवधिमा सञ्चालन आम्दानी २२.३२ प्रतिशतले बढेर ८ करोड १५ लाख रुपैयाँ पुगेको छ । 

    हाल यसको चुक्ता पुँजी ५९ करोड ४३ लाख रुपैयाँ रहेको छ । यसको रिजर्भ कोषमा ७७ लाख ७३ हजार रुपैयाँ छ । यसको प्रतिसेयर आम्दानी ४ रुपैयाँ ५३ पैसा र प्रतिसेयर नेटवर्थ १०० रुपैयाँ ७५ पैसा छ ।

     

     

     

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij