Logo

Nov 11 2025 | २०८२, कात्तिक २५गते

Nov 11 2025 | २०८२, कात्तिक २५गते

images

विश्व बैंकद्वारा नेपालको बजेटरी सहायता बढाउने अर्थमन्त्री पौडेललाई जानकारी

विश्व बैंकद्वारा नेपालको बजेटरी सहायता बढाउने अर्थमन्त्री पौडेललाई जानकारी

  • काठमाडौं। विश्व बैंकले नेपाललाई प्रदान गर्ने बजेटसम्बन्धी (बजेटरी) सहायता बढाउने भएको छ।विश्व बैंकका दक्षिण एसिया क्षेत्रका लागि उपाध्यक्ष मार्टिन रेजरले  उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलको  भर्चुअल बैठकमा बजेटरी सहयता बढाउने जानकारी दिएका हुन्।

    सो बैठकमा उपाध्यक्ष रेजरले लगानीको वातावरण, आर्थिक सुधार, रोजगारी वुद्धि लगायतका क्षेत्रमा सुधारका लागि सुझाव दिए । विश्व बैंकबाट गत आर्थिक वर्ष बजेटरी सहायताका रुपमा नेपाललाई २० करोड ५० लाख अमेरिकी ( २०५ मिलियन) अमेरिकी डलर प्राप्त भएको थियो।

    अर्थमन्त्री पौडेलले नेपालमा स्थिर सरकार गठन भएकाले थप लगानीका लागि वातावरण तयार भएको बताए ।  आयोजनाहरू समयमा सम्पन्न गर्न आवश्यक सहकार्य गरी  अघि बढ्ने समेत अर्थमन्त्री पौडेलले  बताए।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij