Logo

Nov 17 2025 | २०८२, मंसिर १गते

Nov 17 2025 | २०८२, मंसिर १गते

images

एसियन लाइफ इन्सुरेन्सको ५ लाख ३० हजार कित्ता संस्थापक सेयर लिलामी बिक्री खुला

एसियन लाइफ इन्सुरेन्सको ५ लाख ३० हजार कित्ता संस्थापक सेयर लिलामी बिक्री खुला

  •  

    काठमाडौं । एसियन लाइफ इन्सुरेन्स कम्पनीले आजदेखि ५ लाख ३० हजार कित्ता संस्थापक सेयर लिलामी मार्फत बिक्री खुला गरेको छ । यसमा इच्छुक जो कोही व्यक्ति तथा संघसंस्थाले बोलपत्र पेश गर्न सक्नेछन् । संस्थापक सेयरको प्रतिकित्ता भाउ न्यूनतम २७५ रुपैयाँ तोकिएको छ ।

    लगानीकर्ताले सोही मूल्यलाई आधार मानेर लिलाम बढाबढमा सहभागी बन्न सक्नेछन् । यता, आवेदकले न्यूनतम २ लाखदेखि अधिकतम सबै कित्ताका लागि आवेदन दिन सक्नेछन् । यसमा बिक्री प्रबन्धक एनआइएमबी एस क्यापिटल लाजिम्पाट, काठमाडौं पुग्नेगरी बोलपत्र पेश गर्नुपर्नेछ ।

     

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij