Logo

Nov 11 2025 | २०८२, कात्तिक २५गते

Nov 11 2025 | २०८२, कात्तिक २५गते

images

राजस्व चुहावट नियन्त्रण गर्न केन्द्रीय द्रुत गस्ती टोली गठनलगायतका विषय समावेश गरी अर्थमन्त्रालयको सय दिने कार्ययोजना तयार

राजस्व चुहावट नियन्त्रण गर्न केन्द्रीय द्रुत गस्ती टोली गठनलगायतका विषय समावेश गरी अर्थमन्त्रालयको सय दिने कार्ययोजना तयार

  • काठमाडौं । अर्थ मन्त्रालयले राजस्व चुहावट नियन्त्रण गर्न केन्द्रीय द्रुत गस्ती टोली गठन र समग्र अर्थतन्त्र सुधार आयोग गठन गर्ने लगायतका विषय समावेश गरी १०० दिने कार्य सम्पादन गर्ने कार्ययोजना तयार पारेको छ । मन्त्रालयले मुलुकको समग्र अर्थतन्त्र सुधार गर्ने हेतुले  उच्चस्तरीय आर्थिक सुधार सुझाव आयोग गठनलगायतका विभिन्न कार्यभार समावेश गरी यो  कार्ययोजना तयार पारेको हो ।

    यसमा दोस्रो वित्तीय क्षेत्र विकास रणनीति तयार गर्ने, राजस्व चुहावट नियन्त्रण गर्न केन्द्रीय द्रुत गस्ती टोली गठन गरी परिचालन गर्ने विषय पनि कार्ययोजनामा छन्।सार्वजनिक खर्चमा  कमी ल्याउन , आन्तरिक राजस्व परिचालन रणनीति २०८१ कार्यान्वयन सुरु गर्ने, भन्सार मूल्यांकनलाई कारोबार मूल्यमा आधारित बनाउन रणनीति तयार गरी लागू गर्ने, भन्सार महसुल नियमावाली २०८१ तर्जुमा गर्ने, गत आर्थिक वर्षमा विधि सम्मत रुपमा सिर्जित दायित्व यकिन गरी भुक्तानी गर्ने छन्।

    कार्ययोजनामा उपभोक्ताले डिजिटल माध्यमबाट गरेको खरिदको भुक्तानीमा १० प्रतिशत मूल्य अभिवृद्धि कर फिर्ता दिने कार्य प्रारम्भ गर्ने, नागरिक बचतपत्र र वैदेशिक रोजगार बचतपत्रको अभौतिकीकरण गर्ने समावेश छ।बहुवर्षीय ठेक्काका लागि अर्थ मन्त्रालयबाट भएको स्रोत सहमति, विषयगत मन्त्रालय÷ निकायले लगाएको ठेक्का र तिर्नुपर्ने बाँकी दायित्वको विवरण यकिन गर्ने विषयलाई पनि कार्ययोजनामा राखिएको छ।

    वार्षिक २५ करोड रुपैयाँभन्दा बढीको कारोबार गर्ने थप २०० करदाताको कारोबारलाई केन्द्रीय बीजक अनुगमन प्रणालीमा आवद्ध गर्ने मन्त्रालयको योजना छ। तातोपानी भन्सार कार्यालयमा लगेज तथा भेहिकल स्क्यानर मेसिनको प्रयोग सुरु गर्ने भनिएको छ।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij