Logo

Nov 16 2025 | २०८२, कात्तिक ३०गते

Nov 16 2025 | २०८२, कात्तिक ३०गते

images

नबिल बैंकले विशेष साधारण सभाका लागि भदौ ७ गते बुक क्लोज गर्दै

नबिल बैंकले विशेष साधारण सभाका लागि भदौ ७ गते बुक क्लोज गर्दै

  • काठमाडौं । नबिल बैंक लिमिटेडले भदौ १७ गते बोलाएको विशेष साधारण सभाका लागि भदौ ७ गते बुक क्लोज गर्ने भएको छ । साउन २७ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले अनलाईन प्रविधि जुम विधिमार्फत विहान ११ बजे विशेष साधारण सभा गर्ने निर्णय गरेको थियो ।

    कम्पनीले अग्राधिकार शेयर विक्री गर्ने प्रस्ताव पारितका लागि विशेष साधारण सभा गर्न लागेको हो । कम्पनीले प्रति शेयर १०० रुपैयाँका दरले ५ अर्ब रुपैयाँ बराबरको ‘नबिल ८५ अविमोच्य असञ्चिति अग्राधिकार शेयर’ निष्कासन गर्न लागेको हो । कम्पनीको अधिकृत पूँजी २८ अर्ब रुपैयाँ मात्र रहेकोमा अग्राधिकार शेयर जारी गरेपछि अधिकृत पूँजी ३३ अर्ब रुपैयाँ कायम गर्ने प्रस्ताव पनि सभाका लागि तय भएको छ ।

    त्यस्तै कम्पनीको जारी तथा चुक्तापूँजी २७ अर्ब ५ करोड ६९ लाख ९६ हजार रूपैयाँ रहेकोमा अग्राधिकार शेयर जारी गरेपश्चात ३२ अर्ब ५ करोड ६९ लाख ९६ हजार रुपैयाँ कायम गर्ने प्रस्ताव सभाले पारित गर्नेछ ।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij