Logo

Nov 16 2025 | २०८२, कात्तिक ३०गते

Nov 16 2025 | २०८२, कात्तिक ३०गते

images

धितोपत्र सम्बन्धी संसदमा प्रस्तुत विधेयकमा इन्साइडर ट्रेडिङ गर्ने अपराधमा जरिवाना बढाउने प्रस्ताव

धितोपत्र सम्बन्धी संसदमा प्रस्तुत विधेयकमा इन्साइडर ट्रेडिङ गर्ने अपराधमा जरिवाना बढाउने प्रस्ताव

  • काठमाडौं । शेयर बजारमा भितरिया कारोबार अथवा इन्साइडर ट्रेडिङ गर्ने अपराध गर्नेहरूलाई जरिवाना संशोधन गरी  बढाउने तयारी गरिएको छ ।धितोपत्र सम्बन्धी ऐन २०६३ लाई संशोधन गर्न बनेको संसदमा प्रस्तुत गरिएको विधेयकमा यस्तो  प्रस्ताव गरिएको गरिएको हो ।

    इन्साइडर ट्रेडिङमा दोषी देखिए बिगो बमोजिमको जरिवाना वा तीन वर्षसम्म कैद सजाय वा दुवै सजायको व्यवस्था गरिएको छ । हाल सो दोष ठहर भएमा बिगो बमोजिमको जरिवाना वा एक वर्षसम्म कैद सजाय वा दुवै सजाय हुने व्यवस्था छ ।

    कुनै व्यक्तिले सार्वजनिक नभएका धितोपत्रको मूल्यमा असर पार्न सक्ने भित्री सूचना वा जानकारीको आधारमा आफैले वा अरुलाई धितोपत्र कारोबार गर्न लगाएर वा आफूलाई थाहा भएको सूचना वा जानकारी आफ्नो कर्तव्य पालनाको सिलसिलामा बाहेक अरु कसैलाई दिएमा त्यस्तो व्यक्तिले धितोपत्रको इन्साइड ट्रेडिङ  गरेको मानिन्छ ।

    हुँदै नभएको वा कृत्रिम वा झुठो कारोबार गरी, गराई धितोपत्रको मूल्य स्थिर गराएमा, बढाएमा, घटाएमा मूल्यमा उतारचढाव गराएको ठहरिने छ । यसरी मूल्य उतारचढाव गराएको अवस्थामा पनि बिगो खुलेकोमा बिगो भराई बिगो बमोजिमको जरिबाना वा ३ वर्षसम्म कैद वा दुवै सजाय र बिगो नखुलेमा ५ लाखदेखि ५० लाख रुपैयाँसम्म जरिवाना वा तीन वर्षसम्म कैद वा दुवै सजाय हुने व्यवस्था गरिएको छ ।हाल यस कसूरमा  सजायमा ५० हजारदेखि १ लाख ५० हजारसम्म जरिवाना वा एक वर्षसम्म कैद वा दुवै सजाय हुने व्यवस्था छ । 

     

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij