Logo

Sep 13 2025 | २०८२, भदौ २८गते

Sep 13 2025 | २०८२, भदौ २८गते

images

टिकटक प्रतिबन्ध हटाउन सरकार विज्ञ विमर्शमा

टिकटक प्रतिबन्ध हटाउन सरकार विज्ञ विमर्शमा

  • काठमाडौँं । सरकारले सामाजिक सञ्जाल टिकटकमाथिको लगाइएको प्रतिबन्ध फिर्ता लिने तयारी गरेको छ । चिनियाँ पक्षबाट  पटक–पटक टिकटक प्रतिबन्धबारे उठिरहेका सवाललाई ध्यान दिएर सरकारले  प्रतिबन्ध  हटाउने तयारी थालेको हो ।

    निवर्तमान प्रधानमन्त्री पुष्पकमल दहाल प्रचण्ड नेतृत्वको सरकारले २३ कात्तिक २०८० मा सामाजिक सञ्जाल नियमन निर्देशिका ल्याएर सामाजिक सञ्जालहरुले नेपालमा दर्ता भएर सम्पर्क विन्दु राख्नुपर्ने सहितका व्यवस्था गरेर  २७ कात्तिकमा सामाजिक द्वेष फैलाएको र सामाजिक मर्यादा बिथोलेको भन्दै मन्त्रिपरिषद् बैठकबाट  टिकटक बन्द गर्ने निर्णय गरेको थियो ।

    प्रधानमन्त्री प्रचण्डले कांग्रेस, एमालेसहितका दलहरुसँग परामर्श गरी नै त्यतिखेर टिकटकमाथि बन्देज लगाएका थिए ।नेपालका लागि चिनियाँ राजदूत छन सोङले हरेकजसो राजनीतिक भेटवार्तामा टिकटको प्रतिबन्धबारे चासो राख्दै आइरहेका छन् । प्रधानमन्त्री ओली निकटवर्तीहरूले सरकारले  टिकटकमाथिको  प्रतिबन्ध हटाउनेबारे तयारी अगाडि बढाएको बताएका छन् । यसका लागि सरकारले विज्ञहरूसँग विमर्श गरिरहेको छ ।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij