Logo

Nov 16 2025 | २०८२, कात्तिक ३०गते

Nov 16 2025 | २०८२, कात्तिक ३०गते

images

समग्र कर्जा सुस्त भइरहँदा गत आर्थिक वर्षमा शेयर धितो कर्जामा वृद्धि

समग्र कर्जा सुस्त भइरहँदा गत आर्थिक वर्षमा शेयर धितो कर्जामा वृद्धि

  • काठमाडौं । गत आर्थिक वर्ष २०८०÷८१ मा मार्जिन प्रकृतिको शेयर धितो कर्जा भने १८.१ प्रतिशतले बढेको छ। समग्र ऋणको माग सुस्त भइरहेका बेला  मार्जिन प्रकृतिको शेयर धितो कर्जा भने १८.१ प्रतिशतले बढेको हो । कर्जा वृद्धिदर ५.९ प्रतिशतमा सीमित भइरहँदा शेयर धितोमा करिब १८.१ प्रतिशत ऋण लगानी थपिएको छ ।गत वर्षसम्म यो  कर्जा ९० अर्ब ९ करोड ३२ लाख रुपैयाँ पुगेकोमा  २ अर्ब ९८ करोड ५ लाख रुपैयाँ गएको असारमा मात्रै थपिएको छ ।

    बैंक तथा वित्तीय संस्थाले अघिल्लो आर्थिक वर्षको  असारमा मसान्तसम्म ७६ अर्ब ३० करोड रुपैयाँ शेयर धितो कर्जा प्रवाह गरेका थिए।गत वर्षमा १ करोड माथिको कर्जा ११ अर्ब २१ करोड ४१ लाख रुपैयाँ थपियो ।५० लाख माथिदेखि १ करोडसम्मको कर्जा ६५ करोड ३२ लाख, २५ लाख माथिदेखि ५० लाखसम्मको कर्जा १ अर्ब ६४ करोड र २५ लाखसम्मको कर्जा २७ करोड ६४ लाख रुपैयाँ थपिएको तथ्यांकमा देखिन्छ । 

    गत वर्ष १ करोड माथिको कर्जा सबैभन्दा धेरै २५.१ प्रतिशतले बढ्यो । २५ लाख माथिदेखि ५० लाखसम्मको शेयर धितो कर्जा १२.८ प्रतिशत, २५ लाखसम्मको कर्जा ३.९ प्रतिशत र ५० लाख माथिदेखि १ करोडसम्मको कर्जा ५.५ प्रतिशतले बढेको देखिन्छ ।

    राष्ट्र बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीतिमार्फत संस्थागत लगानीकर्ताले मार्जिन प्रकृतिको शेयर धितो २० करोडको सीमा हटाएको छ। यसअघि ५० लाखसम्मको शेयर धितो कर्जाको जोखिमभार १५० बाट १०० प्रतिशतमा झारेको थियो। राष्ट्र बैंकले १२ करोडको सेयर कर्जाको सीमा बढाउनुका साथै ५० करोड माथिको कर्जाको जोखिम भार समेत संशोधन गरिसकेको छ। यसो हुनुमा नेपाल राष्ट्र बैंकले विस्तारै लचिलो मौद्रिक ल्याउन थालेको नीति कारण रहेको विज्ञहरूको भनाइ छ ।

     

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij