Logo

Nov 11 2025 | २०८२, कात्तिक २५गते

Nov 11 2025 | २०८२, कात्तिक २५गते

images

उद्योगीहरूले विद्युत महशुल बुझाउनै पर्ने प्रधानमन्त्री ओलीको भनाइ

उद्योगीहरूले विद्युत महशुल बुझाउनै पर्ने प्रधानमन्त्री ओलीको भनाइ

  • काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले उद्योग चलाएर विद्युत महशुलको बक्यौता उठाउने बताएका छन् ।प्रतिनिधिसभामा भएको प्रश्नोत्तर कार्यक्रममा प्रश्नको जवाफदिँदै यस्तो बताएका हुन् ।

    प्रधानमन्त्री ओलीले आफ्नो नेतृत्वको सरकारले उद्योगको लाइन काटेर बक्यौता उठाउने बाटो मात्र गलत भएको बताउँदै उद्योग चलाएर महशुल उठाउने भनेको बताए ।उद्योगहरुले उपभोग गरेको विद्युतको महसुल तिर्नैपर्ने बताउँदै प्रधानमन्त्री ओलीले  महसुल नतेरेकै कारण विद्युत काट्दा व्यापार व्यवसायमा असर पर्ने हुनाले मात्र सरकारले जिम्मेवारीपूर्वक लाइन जोड्न सुझाएको बताए ।

    सरकारले महसुल मिनाहा गर्न लागेको भन्ने प्रचार झुटो भएको भन्दै उनले भने, ‘बक्यौता उठाउँछौं, तर उद्योग चलाएर ।’उद्योग नै बन्द हुँदा बक्यौता उठ्ने आधार पनि बन्द हुने र मजदुरको रोजगारी गुम्ने हुनाले उद्योग चलाउने र बक्यौता पनि उठाउने बाटो लिएको प्रधानमन्त्रीको कथन छ । ‘उद्योग बन्द भएपछि उत्पादन पनि घट्छ, ब्यापार घाटा बढ्छ । बक्यौता उठाउन पनि त उद्योग चलाउनै पर्छ’, उनले भने ।

    सरकार र विद्युत प्राधिकरणबीच कुनै मतभेद नरहेको समेत उनले बताए । तर सरकारले प्राधिकरणलाई निर्देशन गर्नै हुन्न भन्ने नभएको भन्दै ओलीले भने, ‘के गोदान हो त्यो ? सोधीखोजी पनि गर्न पाइँदैन ? सोधीखोजी गर्छ ।’आठ÷दश वर्षदेखि थाती रहेको विषय भएकाले सरकारले काटिएको लाइन जोडेर बाँकी प्रक्रिया अगाडि बढाएको प्रधानमन्त्री ओलीको भनाइ छ ।

    विद्युतको बक्यौता २२ अर्ब उठाउनुपर्नेमा ६ अर्बमा झारिएको भन्दै उनले यसको सोधीखोजी हुनुपर्ने बताए ।समयमा किन नउठाएको भन्ने सन्दर्भमा समेत सोधीखोजी हुने प्रधनमन्त्रीको भनाइ छ । महालेखा परीक्षकको कार्यालयले समेत २२ अर्ब उठाउनुपर्ने भनेको उल्लेख गर्दै उनले प्रश्न गरे, ‘कहाँ गयो १६ अर्ब ?’

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij