Logo

Nov 16 2025 | २०८२, कात्तिक ३०गते

Nov 16 2025 | २०८२, कात्तिक ३०गते

images

आरती पावर कम्पनीले ३६ करोड रुपैयाँ बराबरको आइपीओ निष्कासन गर्ने

आरती पावर कम्पनीले ३६ करोड रुपैयाँ बराबरको आइपीओ निष्कासन गर्ने

  • काठमाडौं । आरती पावर कम्पनी लिमिटेडले सर्वसाधारणमा ३६ करोड रुपैयाँ बराबरको आइपीओ निष्कासन गर्ने प्रक्रिया अघि बढाएको छ । कम्पनीले प्रति कित्ता १ सय रुपैयाँका दरको ३६ लाख कित्ता आइपीओ निष्कासन गर्न ग्लोबल आइएमई क्यापिटल लिमिटेडलाई निष्कासन तथा बिक्री प्रबन्धकमा नियुक्त गरेको छ । 

    सो सम्बन्धमा कम्पनी र क्यापिटल बीच द्विपक्षीय सम्झौता सम्पन्न भएको छ । भाद्र ०६ गते बिहिबारका दिन एक विशेष कार्यक्रममा आरती पावर कम्पनी लिमिटेडको तर्फबाट कार्यकारी अध्यक्ष भरत बहादुर खत्री र ग्लोबल आइएमई क्यापिटल लिमिटेडको तर्फबाट प्रमुख कार्यकारी अधिकृत मन्दिप लुइँटेलले सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन। 

     

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij