Logo

Nov 16 2025 | २०८२, कात्तिक ३०गते

Nov 16 2025 | २०८२, कात्तिक ३०गते

images

निजी क्षेत्रको भूमिकालाई कटौती गर्ने काम सरकारले गर्दैन -अर्थमन्त्री पौडेल

निजी क्षेत्रको भूमिकालाई कटौती गर्ने काम सरकारले गर्दैन -अर्थमन्त्री पौडेल

  • काठमाडौँ । उपप्रधान एवं अर्थमन्त्री विष्णु पौडेलले निजी क्षेत्रको भूमिकालाई कटौती गर्ने काम सरकारले नगर्ने स्पष्ट पारेका छन् । 

    नेपाल उद्योग तथा व्यवसायी महासंघले शुक्रबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा अर्थमन्त्री पौडेलले मुलुकको आर्थिक विकासमा निजी क्षेत्रको भूमिका महत्वपूर्ण रहेको भन्दै यसलाई कटौती गर्ने काम वर्तमान सरकारले नगर्ने स्पष्ट पारेका हुन् ।
    सरकारले सरकार, निजी क्षेत्र र सहकारीलाई एक साथ विकासको गतिमा अघि बढाउने उनले बताए । उनले वर्तमान सरकार संसदको अहिलेसम्मकै बलियो सरकार भएकाले भन्दै सरकारमा रहेका प्रत्येक मन्त्रीलाई काम नगर्ने छुट नभएको जिकिर गरे । ​

    विभिन्न नीतिगत विषयमा निजी क्षेत्रको असन्तुष्टि देखिएको सन्दर्भमा त्यसलाई सम्बोधन गर्दै अर्थतन्त्रलाई बलियो बनाउने गरी काम गरिरहेको उनले बताए । पौडेलले पूँजीगत खर्चको गुणात्मक वृद्धि नगरी विकास समृद्धिका कुरा गर्नुको कुनै अर्थ नहुने बताए । 

    बजेट विनियोजन कौशलका हिसाबले नेपाल अति कमजोर देखिएको भन्दै उनले लागत अनुमान नगरिएका तथा प्रतिफलको सही अनुमान नगरिएका ११ हजार बढी योजना संघीय सरकारले सञ्चालन गर्नुपर्ने योजनाका रूपमा रहेको बताए । 

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij