Logo

Nov 11 2025 | २०८२, कात्तिक २५गते

Nov 11 2025 | २०८२, कात्तिक २५गते

images

सरकारद्वारा  टिकटकमाथिको प्रतिबन्ध हटाउने निर्णय

सरकारद्वारा  टिकटकमाथिको प्रतिबन्ध हटाउने निर्णय

  •  काठमाडौँ । सरकारले सामाजिक सञ्जाल टिकटकको प्रयोगमा लगाइएको रोक हटाउने निर्णय गरको छ ।तोकिएका शर्तहरु पालना गर्नेगरी हटाउने निर्णय गरिएको जनाउँदै टिकटकले तोकिएका शर्त पूरा गरे प्रतिबन्ध हटाइने सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले जानकारी दिए । बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकबाट यस्तो निर्णय गरिएको छ ।

     चिनियाँ पक्षबाट  पटक–पटक टिकटक प्रतिबन्धबारे उठिरहेका सवाललाई ध्यान दिएर सरकारले  प्रतिबन्ध  हटाउने तयारी थालेको थियो । निवर्तमान प्रधानमन्त्री पुष्पकमल दहाल प्रचण्ड नेतृत्वको सरकारले २३ कात्तिक २०८० मा सामाजिक सञ्जाल नियमन निर्देशिका ल्याएर सामाजिक सञ्जालहरुले नेपालमा दर्ता भएर सम्पर्क विन्दु राख्नुपर्ने सहितका व्यवस्था गरेर  २७ कात्तिकमा सामाजिक द्वेष फैलाएको र सामाजिक मर्यादा बिथोलेको भन्दै मन्त्रिपरिषद् बैठकबाट  टिकटक बन्द गर्ने निर्णय गरेको थियो ।

     निवर्तमान प्रधानमन्त्री प्रचण्डले कांग्रेस, एमालेसहितका दलहरुसँग परामर्श गरी नै त्यतिखेर टिकटकमाथि बन्देज लगाएका थिए ।नेपालका लागि चिनियाँ राजदूत छन सोङले हरेकजसो राजनीतिक भेटवार्तामा टिकटको प्रतिबन्धबारे चासो राख्दै आइरहेका छन् । सबैसँगको सहमतिमा निवर्तमान प्रधानमन्त्री प्रचण्डले टिकटकमा लगाएको प्रतिबन्ध यसरी फिर्ता लिनुको पछाडि शंका पैदा गराएको कतिपयको भनाइ रहेको छ ।मन्त्रिपरिषदका अन्य निर्णयहरू यसप्रकार रहेका छन् ।

    cabinet aug 23.jpeg

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij