Logo

Nov 11 2025 | २०८२, कात्तिक २५गते

Nov 11 2025 | २०८२, कात्तिक २५गते

images

नाडा अटो शो शुरु, अर्थमन्त्री पौडेलले गरे उद्घाटन

नाडा अटो शो शुरु, अर्थमन्त्री पौडेलले गरे उद्घाटन

  • काठमाडौँ । अर्थमन्त्री विष्णु पौडेलले सरकारले सबै क्षेत्रमा स्थिरता कायम गर्न काम गरिरहेको बताएका छन् ।नाडा अटोमोबाइल एसोसिएसन अफ नेपालको प्रमुख अतिथिको रूपमा बोल्दै अर्थमन्त्री पौडेलले यस्तो बताएका हुन् ।

    मन्त्री पौडेलले विभिन्न कार्यक्रममा आफूलाई बोलाइदिँदा काम गर्न बाधा पुगिरहेको बताउँदै काम गरौँ कि भाषण भनी सवाल नाडाको उद्घाटन सत्रमा भने ।मन्त्री पौडेलले यो स्थिर सरकार सबै नेपालीको भएको बताउँदै  अटो व्यवसायीका समस्या पनि समाधान गर्ने बताए ।

    उनले व्यवसायीहरूलाई आत्मविश्वास लिएर काम गर्न भन्दै  नेपालमै गाडी उत्पादन गर्न सरकार सहयोग गर्न तयार भएको बताए । विद्युतीय गाडीमा मात्रै होइन सबैमा स्थिर नीति अगाडि सार्ने उनले जनाए ।व्यवसायीहरूले अटो मोबाइल क्षेत्रलाई ध्यान दिन आग्रह गरेको जवाफ दिँदै मन्त्री पौडेलले सबै क्षेत्रमा सरकारले ध्यान दिएको बताए ।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij