Logo

Nov 16 2025 | २०८२, कात्तिक ३०गते

Nov 16 2025 | २०८२, कात्तिक ३०गते

images

सरकारले विकास ऋणपत्र बोलकबोल मार्फत १० अर्ब आन्तरिक ऋण उठाउँदै

सरकारले विकास ऋणपत्र बोलकबोल मार्फत १० अर्ब आन्तरिक ऋण उठाउँदै

  •  

    काठमाडौं । सरकारले विकास ऋणपत्र बोलकबोल मार्फत १० अर्ब आन्तरिक ऋण उठाउने भएको छ । सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले ३ वर्षे अवधिको विकास ऋणपत्र २०८४ को बोलकबोल मार्फत १० अर्ब आन्तरिक ऋण उठाउन लागेको हो । 

    विकास ऋणपत्र २०८४ को भदौ १२ गते बुधबार विहान १० बजेदेखि अपराह्न ३ बजेसम्म बोलकबोल हुनेछ भने भदौ १३ गते विहीबार निष्कासन हुने जनाइएको छ ।

    यो विकास ऋणपत्र बैंक तथा वित्तीय संस्था, गैर–बैंक वित्तीय संस्था, बिमा कम्पनी, संगठित संस्था तथा सर्वसाधारण व्यक्तिले पनि खरिद गर्न सक्नेछन्। यो ऋणपत्र धितो राखी कर्जासमेत लिन पाइने ऋण व्यवस्थापन कार्यालयले जनाएको छ ।

    विसं २०८४ भदौ १२ गते साँवा भुक्तानी हुने यो ऋणपत्रको ब्याज अर्धवार्षिकरुपमा भुक्तानी हुनेछ । आर्जित ब्याजमा ब्याजकर लाग्नेछ ।

    प्रतिस्पर्धी र अप्रतिस्पर्धी बोलवालालाई क्रमशः निष्कासित रकमको ८५ र १५ प्रतिशत अर्थात् ८ अर्ब ५० करोड र १ अर्ब ५० करोड छुट्याइएको छ । अप्रतिस्पर्धी बोलवालालाई छुट्याइएको रकमका लागि पूरा बोल प्राप्त नभएमा बाँकी हुन आउने रकम प्रतिस्पर्धी बोलवालालाई बिक्री गरिने कार्यालयले जनाएको छ ।

     

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij