Logo

Nov 16 2025 | २०८२, कात्तिक ३०गते

Nov 16 2025 | २०८२, कात्तिक ३०गते

images

बजेटको सही व्यवस्थापन गर्न आवश्यक छ : अर्थमन्त्री पौडेल

बजेटको सही व्यवस्थापन गर्न आवश्यक छ : अर्थमन्त्री पौडेल

  •  

    काठमाडौँ । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडलले आयोजनाको छनोट र त्यसको कार्यान्वयनमा सही बजेट व्यवस्थापन गर्नुपर्ने बताउनुभएको छ । 

     

    प्रतिनिधिसभाको आज बसेको बैठकमा आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व (पहिलो संशोधन) विधेयक, २०८१ माथिको छलफलमा सांसदहरूले उठाउनुभएको प्रश्नको जवाफ दिँदै पौडेलले बहुउद्देश्यीय योजनासमेत काटछाँट गर्न जरुरी रहेको जानकारी गराउनुभयो । 

     

    सभामा मन्त्री पौडेलले आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व (पहिलो संशोधन) विधेयक, २०८१ माथि विचार गरियोस् भनी राख्नुभएको प्रस्ताव बहुमतले स्वीकृत भएको छ ।

     

    सांसद राजेन्द्रकुमार केसी, जुलीकुमारी, वासुदेव घिमिरे, दामोदर पौडेल वैरागी, स्वर्णीम वाग्ले,  विराजभक्त श्रेष्ठ, सुमना श्रेष्ठ, सोविता गौतम, मनिष झा, रोशन कार्की, प्रतिमा गौतम, देवेन्द्र पौडेल, सुमना श्रेष्ठ, प्रतिमा गौतम, माधव सापकोटा, मनिष झा, कुसुमदेवी थापा, सोविता गौतम, नागिना यादव, दयालबहादुर शाही, नारायणी शर्मा, अच्युतप्रसाद मैनाली, प्रेम सुवाललगायतले विधेयकमाथि विचार राख्नुभएको थियो ।  

     

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij