Logo

Nov 05 2025 | २०८२, कात्तिक १९गते

Nov 05 2025 | २०८२, कात्तिक १९गते

images

कृषिमन्त्री अधिकारीद्वारा विषादी प्रयोगको अवस्था बुझ्न कार्यदल गठन

कृषिमन्त्री अधिकारीद्वारा विषादी प्रयोगको अवस्था बुझ्न कार्यदल गठन

  • काठमाडौँ।  कृषि तथा पशुपक्षी विकासमन्त्री रामनाथ अधिकारीले गोरखाको गण्डकी गाउँपालिकाका केही वडामा किसानको स्वास्थ्यमा देखिएको समस्या अध्ययन गर्न पाँच सदस्य समिति गठन गर्नुभएको छ । केही दिनयता गण्डकी गाउँपालिकाका केही वडामा तरकारीखेतीमा अधिक विषादी प्रयोग गर्दा किसानकै स्वास्थ्यमा गम्भीर समस्या आएको समाचार विभिन्न सञ्चारमाध्यममा सार्वजानिक भएपछि मन्त्री अधिकारीले वरिष्ठ बाली संरक्षण अधिकृत मनोज पोख्रेलको संयोजकत्वमा पाँच सदस्यीय कार्यदल गठन गर्नुभएको हो । गण्डकी गाउँपालिकाका ६१ तरकारी किसानमा क्यान्सर र १५ जनाको मिर्गौला फेल भएको समाचार सार्वजानिक भएको थियो ।

    मन्त्रिस्तरीय निर्णयबाट प्लान्ट क्वारेनटाइन तथा विषादी व्यवस्थापन केन्द्रका वरिष्ठ बाली संरक्षण अधिकृत पोख्रेलको संयोजकत्वमा कार्यदल गठन गरिइएको हो । कार्यदलमा डा काशीनाथ चिलुवाल, वैज्ञानिक, नेपाल कृषि अनुसन्धान परिषद्, रिजन कार्की, खाद्य अनुसन्धान अधिकृत, खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग, विवेक सुनार बाली संरक्षण अधिकृत, केन्द्रीय कृषि प्रयोगशाला र माधव भट्ट बाली संरक्षण अधिकृत, प्लान्ट क्वारेनटाइन तथा विषादी व्यवस्थापन केन्द्र रहेका छन् । “गण्डकी गाउँपालिका, गोरखामा देखिएको विषादी दुरुपयोगसम्बन्धी समस्याबारे अध्ययन गरी प्रतिवेदन पेश गर्न माननीय मन्त्रीज्यूको समुउपस्थितिमा मिति २०८१ भदौ ११ गते बसेको आकस्मिक बैठकको निर्णयानुसार तपसिलबमोजिमका पाँच सदस्यीय कार्यदल गठन गरिएको छ”, निर्णयमा भनिएको छ । सो समितिलाई प्रभावित भनिएको स्थानमै पुगेर वास्तविक अवस्थासहितको प्रतिवेदन पेश गर्न भनिएको छ । अधिकृत पोखरेल नेतृत्वको कार्यदल बुधबार नै प्रभावित ठाउँ पुगेर काम सुरु गरिसकेको जनाइएको छ । मन्त्री अधिकारीले विषयुक्त होइन, विषमुक्त उत्पादनमा जोड दिँदै आउनुभएको छ ।(रासस)

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij