काठमाडौँ । आज नेप्से परिसूचक ३६.८३ अंकले घटेर २७४९.५७ बिन्दुमा आएको छ । यस दिन १२ अर्ब २४ करोड रुपैयाँभन्दा बढीको कारोबार भएको छ ।यस दिन ३२२ स्टकको १ लाख ४५ हजार ९२१ पटकको कारोबारमा १२ अर्ब २२ करोड २८ लाख रुपैयाँ बराबरको २ करोड ८३ लाख कित्ता शेयर खरिदबिक्री भएको छ।
आज १३ उपसमूहमध्ये यस दिन म्युचुअल फण्ड उपसमूहबाहेक अरु सबै उपसमूहको परिसूचक घटेको छ। यस दिन म्युचुअल फण्ड उपसमूहको परिसूचक ०.१० प्रतिशत बढेको छ। यस दिन जीवन बीमा उपसमूहको परिसूचक सर्वाधिक २.०९ प्रतिशत घटेको छ। त्यस्तै, यस दिन लघुवित्त उपसमूहको परिसूचक २ प्रतिशत घटेको छ भने बैंकिङ्ग, विकास बैंक, होटल तथा पर्यटन र निर्जीवन बीमा उपसमूहको परिसूचक १ प्रतिशतभन्दा बढी घटेको छ।
© 2025 All right reserved to Nayasadak.com | Site By : Sobij