Logo

Nov 11 2025 | २०८२, कात्तिक २५गते

Nov 11 2025 | २०८२, कात्तिक २५गते

images

एमसीसी नेपाल अन्तर्गतको १८ किमि सीमापार प्रसारण लाइन निर्माण सम्झौता हस्ताक्षर

एमसीसी नेपाल अन्तर्गतको १८ किमि सीमापार प्रसारण लाइन निर्माण सम्झौता हस्ताक्षर

  • काठमाडौँ । एमसीसी नेपाल कम्प्याक्ट कार्यक्रम अन्तर्गतको विद्युत् प्रसारण आयोजनाको १८ किमी सीमापार प्रसारण लाइन निर्माण सम्झौता भएको छ । नवलपरासी (वर्दघाट सुस्ता पश्चिम) मा निर्माणाधीन ४०० केभी क्षमताको नयाँ बुटवल सबस्टेसनदेखि नेपाल–भारत सीमासम्म २१ महिनाको करार अवधिमा निर्माण गरिने गरी  एमसीए–नेपाल र ट्रान्सरेल लाइटिङ लिमिटेडबीच सम्झौता भएको हो।

    सो प्रसारण लाइन निर्माणका लागि ट्रान्सरेल लाइटिङसँग १२३.६० लाख अमेरिकी डलरको सम्झौता गरिएको छ।
    अर्थ मन्त्रालय, नेपाल विद्युत् प्राधिकरण, एमसीसी तथा एमसीए–नेपालका पदाधिकारीहरूको उपस्थितिमा एमसीए–नेपालका कार्यकारी निर्देशक खड्गबहादुर विष्ट र ट्रान्सरेल लाइटिङका प्रतिनिधि अमोल वाङ्खेडेले सो उक्त सम्झौतामा हस्ताक्षर गरे ।

    अर्थ मन्त्रालयका सचिव एवं एमसीए–नेपाल संचालक समितिका अध्यक्ष डा. रामप्रसाद घिमिरेले निर्माण सम्झौता सम्पन्न भइसकेका कुल १२.६० करोड अमेरिकी डलर बजेटयुक्त तीन वटा सबस्टेसनसहित यो १८ किमि प्रसारण लाइनले नेपालको ऊर्जासम्बन्धी आन्तरिक लक्ष्य हासिल गर्नुका साथै क्षेत्रीय ऊर्जा बजारमा स्थापित गराउन नेपाललाई सघाउने  यो सम्झौता महत्वपूर्ण हुने विश्वा व्यक्त गरेका छन् ।

    विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले प्रसारण लाइन आयोजना मात्रै नभई नेपालको ऊर्जा पूर्वाधारमा सुधार गर्ने र भारतसँगको सीमापार ऊर्जा सहकार्यलाई थप गहन बनाउने विश्वास व्यक्त गरेका थिए । 
    सम्झौता हस्ताक्षर समारोहमा एमसीसीका आवासीय राष्ट्रिय निर्देशक डायन एल. फ्रान्सिस्कोले सीमापार प्रसारण लाइन निर्माणका लागि भएको यो सम्झौता नेपालको ऊर्जा परिदृश्य र आर्थिक भविष्यलाई रूपान्तरण गर्ने एक मुख्य कोशेढुंगा भएको बताए ।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij