Logo

Nov 16 2025 | २०८२, कात्तिक ३०गते

Nov 16 2025 | २०८२, कात्तिक ३०गते

images

इष्टर्न साहाराले आईपीओ निष्कासन गर्ने

इष्टर्न साहाराले आईपीओ निष्कासन गर्ने

  • काठमाडौं । इष्टर्न साहारा कम्पनीले आईपीओ निष्कासन गर्ने तयारीमा रहेको छ ।कम्पनीले प्रतिकित्ता शेयरमूल्य १०० रुपैयाँका दरले ३० लाख कित्ता साधारण शेयरको सार्वजनिक निष्कासन गर्न लागेको हो । सर्वसाधारणहरुमा निष्कासन गरिने साधारण शेयरको लागि “क्रेडिट रेटिङ्ग नियमावली, २०६८” को नियम ३ मा भएको व्यवस्था बमोजिम क्रेडिट रेटिङ्ग गर्नको निमित्त नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त क्रेडिट रेटिङ्ग संस्था केयर रेटिङ्ग नेपालसँग सम्झौता सम्पन्न भएको कम्पनीले बताएको छ । 

    कम्पनीको रजिष्टर्ड झापाको बिर्तामोड नगरपालिका, चारपानेमा छ भने लियाजन अफिस बानेश्वर हाइट, काठमाडौंमा  छ । 

    हाल कम्पनीले जलविद्युत्, कृषि पर्यटन, अटोमोवाइल्स, सौर्य ऊर्जाका क्षेत्रसँग सम्बन्धित परियोजनामा लगानी गरेको छ । 

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij