Logo

Nov 07 2025 | २०८२, कात्तिक २१गते

Nov 07 2025 | २०८२, कात्तिक २१गते

images

नेपाल राष्ट्रिय कर्मचारी संगठनको समावेशी महिला विभागद्वारा प्रथम राष्ट्रिय महिला भेला तथा हरितालिका तीजको शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न

नेपाल राष्ट्रिय कर्मचारी संगठनको समावेशी महिला विभागद्वारा प्रथम राष्ट्रिय महिला भेला तथा हरितालिका तीजको शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न

  • काठमाडौ । नेपाल राष्ट्रिय कर्मचारी संगठनको समावेशी महिला विभागद्वारा प्रथम राष्ट्रिय महिला भेला तथा हरितालिका तीजको शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न भएको छ । नेपाल राष्ट्रिय कर्मचारी संगठन केन्द्रीय समिति उपाध्यक्ष समावेशी तथा महिला विभाग प्रमुख यसोदा आचार्यको अध्यक्षतामा सम्पन्न सो कार्यक्रमका प्रमुख आतिथ्यता नेपाल कम्यूनिष्ट पार्टी (माओवादी केन्द्र) स्थायी समिति सदस्य यशोदा सुवेदी गुरुङले गरेकी हुन् ।

    457613853_1475910293059381_7632691767741429950_n.jpg

    कार्यक्रममा विशिष्ट अतिथिका रूपमा नेपाल कम्यूनिष्ट पार्टी (माओवादी केन्द्र) स्थायी समिति सदस्य एवं पार्टीको अखिल नेपाल महिला संघ (क्रान्तिकारी) का अध्यक्ष अमृता थापा मगर उपस्थित सो कार्यक्रममा अन्य अतिथिहरूमा प्रतिनिधि सभा सदस्य माननीय उमरावती देवी , प्रतिनिधि सभा सदस्य माननीय उर्मिला माझी, प्रतिनिधि सभा सदस्य माननीय कल्पना मियाँ कुसारी, प्रतिनिधि सभा सदस्य माननीय छिरिङ ल्हामु लामा तामाङ , प्रतिनिधि सभा सदस्य माननीय दुर्गा राई, प्रतिनिधि सभा सदस्य माननीय विमला सुवेदी, प्रतिनिधि सभा सदस्य माननीय नारायणी शर्मा र प्रतिनिधि सभा सदस्य माननीय मिना तामाङलगायतको उपस्थिति थियो ।

    महिला भेलाले एघार बुँदे घोषणा पत्र निकाल्ने निर्णयका साथै सात प्रदेश र सम्पूर्ण विभागहरुलाई विभाग प्रदेश मानेर  कुल  आठ प्रदेशका संयोजक तोक्ने निर्णय गरिएको छ ।नेपाल राष्ट्रिय कर्मचारी संगठन महिला विभागकी  सचिव मिराले सञ्चालन गरेको सो कार्यक्रममा सहभागीहरूले एक आपसमा तीजको अवसरमा शुभकामना आदानप्रदान गरेका थिए ।

    कार्यक्रमको समापन गर्दै कार्यक्रमकी अध्यक्षआचार्य ले  निजामती क्षेत्रमा ७१.५ प्रतिशत पुरुष छन् भने २८.५ प्रतिशत मात्र महिला  रहेको बताइन् । अझ प्रहरीमा ८.८ प्रतिशत र सेनामा ४.४ प्रतिशत मात्र  महिला सहभागिता रहेको उनले बताइन । सरकारी, सार्वजनिक तथा कर्पेरिट क्षेत्रको रोजगारीमा पछाडी पारिएका महिला अनौपचारिक र असंगठित व्यवसाय र रोजगारीमा लाग्न बाध्य छन् ।

    आजका दिनसम्म आइपुग्दा महिलाले मुख्य सचिवसम्मको यात्रामा सफलता हासिल गर्दै  राष्ट्रपति, सभामुख र प्रधानन्यायाधीश पदमा महिला पुगिसकेको बताउँदै अध्यक्षले राज्यका विभिन्न तह र तप्कामा महिलाको हिस्सेदारी बढाउन राजनिति हस्तक्षेप आवश्यक ठानेर नयाँ संविधानले संसदमा महिलाको उपस्थिति ३३ प्रतिशत हुने सुनिश्चित गरेको बताइन् ।साथै कार्यक्रमलाई सफल बनाउन सहयोग गर्ने सबै उपस्थित अतिथि तथा प्रतिनिधिहरूमा उनले धन्यवाद व्यक्त गरेकी थिइन् ।

     

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij