Logo

Nov 16 2025 | २०८२, कात्तिक ३०गते

Nov 16 2025 | २०८२, कात्तिक ३०गते

images

सनराइज सेक्युरिटिज लिमिटेडबाट औपचारिक शेयर कारोबारको शुभारम्भ

सनराइज सेक्युरिटिज लिमिटेडबाट औपचारिक शेयर कारोबारको शुभारम्भ

  • काठमाडौं, मिति २०८१/०४/३० । लक्ष्मी सनराइज बैंक लिमिटेडको शत्प्रतिशत स्वामित्वमा संस्थापित सनराइज सेक्युरिटिज लिमिटेडले व्यवसायिक सञ्चालन शुरुवात गरेको छ । आज एक समारोहका बीच लक्ष्मी सनराइज  बैंक लिमिटेडका अध्यक्ष रमण नेपालले सो कम्पनीको कारोबार सञ्चालनको औपचारिक शुभारम्भ गर्नु भयो ।

    उक्त कार्यक्रममा शुभकामना मन्तव्य दिंदै उहाँले कम्पनीले आगामी दिनमा शेयर कारोबारसँग सम्बन्धित सेवा सहज रुपमा दिने विश्वास व्यक्त गर्नु भयो । उहाँले व्यवसायिक सेवा प्रदान गर्दै पूँजी परिचालन तथा नेपालको पूँजी बजारको विकासमा आफ्नो तर्फबाट केही योगदान गर्ने कार्य प्रभावकारी रुपमा सनराइज सेक्युरिटिज लिमिटेडले सफलता पाउन सकोस भनी कामना गर्नुभयो ।

    सोही कार्यक्रमका बिशेष अतिथि लक्ष्मी सनराइज बैंक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत  अजय विक्रम शाह ज्यूले लक्ष्मी सनराइज बैंक लिमिटेडको सहायक कम्पनीको रुपमा अर्को एउटा ंसंस्था स्थापित भएकोमा खुसी र शुभकामना व्यक्त गर्नु भयो ।

    साथै सनराइज सेक्युरिटिज लिमिटेडका प्रबन्ध सञ्चालक कमल गौतमले कारोबार शुभारम्भ कार्यक्रममा उपस्थित सम्पूर्ण महानुभावहरुलाई धन्यवाद ज्ञापन गर्दै संस्थाले धितोपत्र खरिद बिक्री सम्बन्धी सम्पूर्ण सेवाहरु गुणस्तरिय रुपमा एकै ठाँउबाट सरल र सहज रुपमा प्रदान गर्न सकिने जानकारी दिनु भयो ।  गैह्रिधारा–२, काठमाण्डौंमा केन्द्रिय कार्यालय रहेको यस कम्पनीको अधिकृत तथा चुक्ता पूँजी रु. २०,००,००,०००÷– (अक्षरेपी बीस करोड रुपैयाँ मात्र) रहेको छ भने स्टक ब्रोकर नम्बर १०० रहेको छ । 

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij