Logo

Nov 11 2025 | २०८२, कात्तिक २५गते

Nov 11 2025 | २०८२, कात्तिक २५गते

images

आईएफएफकी आवासीय प्रतिनिधि सान्चेजलाई उचित प्रतिफल दिन सक्ने आयोजनामा लगानी गर्ने सरकारको नीति भएको जानकारी

आईएफएफकी आवासीय प्रतिनिधि सान्चेजलाई उचित प्रतिफल दिन सक्ने आयोजनामा लगानी गर्ने सरकारको नीति भएको जानकारी

  • काठमाडौँ । उपप्रधानमन्त्री एवम् अर्थमन्त्री विष्णुप्रसाद पौडेलले उचित प्रतिफल दिन सक्ने आयोजनामा लगानी विस्तार गर्ने सरकारको रणनीति भएको बताएका छन् । नेपालका लागि अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) आवासीय प्रतिनिधि टेरेसा डेबन सान्चेजसँगको भेटवार्तामा अर्थमन्त्री पौडेलले लाभ र लागत विश्लेषणका आधारमा अर्थतन्त्रमा यथोचित प्रतिफल दिनसक्ने आयोजनामा लगानी विस्तार गर्ने रणनीति रहेको बताएका हुन् ।

    स्रोतको प्रभावकारी व्यवस्थापनमार्फत आर्थिक वृद्धिको लक्ष्य हासिल गर्ने पक्षमा सरकार रहेको बताउँदै अर्थमन्त्री पौडेलले सरकारले सतर्कतापूर्वक ऋण लिने र लिइएको ऋणलाई उत्पादन तथा  उत्पादकत्व अभिवृद्धिका साथै राम्रो प्रतिफल दिने आयोजनामा लगानी गर्ने जनाएको बताइएको छ ।

    नेपालका लागि विस्तारित कर्जा सुविधा (एक्सटेन्डेड क्रेडिट फेसिलिटी–इसीएफ) को चौथो अवधिको समीक्षासम्म भएका नीतिगत सुधारमा प्रतिवद्ध रही सरकारले त्यसको कार्यान्वयन गर्ने र आगामी नोभेम्बरमा हुने पाँचौ समीक्षाका लागि आईएमएफसँग सहकार्य गरी अघि बढ्ने आईएमएफकी आवासीय प्रतिसागको भेटवार्तामा अर्थमन्त्री पौडेलले बताए ।आवासीय प्रतिनिधि सान्चेजले नेपालमा जलविद्युत् र पर्यटनको क्षेत्रमा धेरै राम्रो सम्भावना भएको र प्रतिफल दिने ठाउँमा पूँजीगत खर्च गर्दा आर्थिक वृद्धि र अर्थतन्त्रको आकार बढाउन सकिने सुझाव दिइन् । 

     

     

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij