Logo

Jul 07 2025 | २०८२, असार २३गते

Jul 07 2025 | २०८२, असार २३गते

images

बैंकहरूको व्यवसाय विस्तारमा पुँजीकोषको समस्या कायमै

बैंकहरूको व्यवसाय विस्तारमा पुँजीकोषको समस्या कायमै

  • काठमाडौँ । बैंकहरूमा  पुँजी कोषको समस्या समाधान भइनसकेको देखिएको छ ।पछिल्लो एक वर्षमा बैंकहरुलाई सबैभन्दा बढी प्राथमिक पुँजी कोषकै समस्या सामना गर्नुपरेको देखिएको हो ।

    बैंकहरूलाई प्राथमिक पुँजी कोष अनुपातकै कारण व्यवसाय विस्तार गर्न समस्या भइरहेको छ । नेपाल राष्ट्र बैंकको पछिल्लो तथ्यांक अनुसार विशेषगरी अहिले कुमारी र एनआईसी एसिया बैंकमा पुँजी कोषको ठूलो चाप छ ।नेपाल राष्ट्र बैंकद्वारा सार्वजनिक पछिल्लो तथ्यांकअनुसार कुमारी बैंकको पुँजी कोष ८.५६ प्रतिशत र एनआईसी एसियाको ८.४४ प्रतिशत प्राथमिक पुँजीकोष अनुपात रहेको छ । 

    पुँजी कोषमा केही सुधार  गत चैतको तुलनामा असारसम्म भएपनि समस्या समाधान भएन् ।सबैभन्दा बढी पुँजी कोष १४.३६ प्रतिशत स्ट्यान्डर्ड चार्टर्ड बैंकको छ । क्यापिटल एडुक्वेसी फ्रेमवर्कमा तोकेअनुसार बैंकहरुले ८.५ प्रतिशत प्राथमिक पुँजी अनुपात र ११ प्रतिशत पुँजीकोष अनुपात कायम गर्नुपर्ने हुन्छ । यस्तो प्रावधान हुँदाहुँदै पनि अधिकांश बैंकको प्राथमिक पुँजी कोष ९ प्रतिशतको हाराहारीमा छ । राष्ट्र बैंकले यसमा पुनः व्यवस्था संशोधन गरेर प्राथमिक पुँजी कोषमा ०.५ प्रतिशत र पुँजीकोष ११.५ प्रतिशत हुनुपर्ने व्यवस्था गरिसकेको छ ।

    प्छिल्लो समय कृषि विकास बैंकको ११.७८ प्रतिशत, नेपाल बैंकको १०.९५ प्रतिशत, एभरेष्टको १०.८७ प्रतिशत, नेपाल इनभेष्टमेन्ट मेगा बैंकको १०.८४ प्रतिशत, प्राइम कमर्सियल १०.४४ प्रतिशत, ग्लोबल आइएमईको १०.४४ प्रतिशत, लक्ष्मी सनराइजको १०.२७ प्रतिशत, सानिमाको १०.२२ प्रतिशत, राष्ट्रिय वाणिज्य बैंकको १०.२१ प्रतिशत र नेपाल एसबीआई बैंकको १०.१० प्रतिशत प्राथमिक पुँजी कोष अनुपात छ । राष्ट्र बैंकको प्रावधान अनुसार  यो न्यून देखिन्छ ।

    ९ वटा बैंकको प्राथमिक पुँजी कोष भने ९ प्रतिशतको हाराहारीमा छ । प्रभु बैंकको ९.८९ प्रतिशत, एनएमबिको ९.७ प्रतिशत, सिद्धार्थको ९.६५ प्रतिशत, नबिलको ९.६४ प्रतिशत, माछापुच्छ्रेको ९.३५ प्रतिशत, सिटिजन्सको ९.२७ प्रतिशत र हिमालयनको ९.०४ प्रतिशत हाराहारीमा प्राथमिक पुँजी कोष अनुपात छ ।

    प्राथमिक पुँजी अनुपात र पुँजी कोष अनुपात बैंकहरुले वहन गरेको कुल जोखिममको आधारमा तय हुने हुँदा  बैंक तथा वित्तीय संस्थाले पुँजीकोष सम्बन्धी व्यवस्थालाई पालना नगरे लाभांश वितरण गर्न नसक्ने अवस्था उत्पन्न हुन्छ । यसबाट बैंक तथा वित्तीय संस्थाहरूको व्यवसायमा विस्तारमा समस्या उत्पन्न हुन्छ ।

     

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij