Logo

Nov 16 2025 | २०८२, कात्तिक ३०गते

Nov 16 2025 | २०८२, कात्तिक ३०गते

images

ह्याबिट्याट पावर कम्पनीले आईपीओ निष्कासन गर्ने , विक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल

ह्याबिट्याट पावर कम्पनीले आईपीओ निष्कासन गर्ने , विक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल

  • काठमाडौं । सिंगटी हाईड्रो इनर्जी प्रमुख प्रवर्द्धक रहेको ह्याबिट्याट पावर कम्पनीले आईपीओ निष्कासन गर्ने तयारी गरेको छ ।
    कम्पनीले जारी पूँजी ५५ करोड रुपैयाँको २० प्रतिशत अर्थात् १०० रुपैयाँ अंकित मूल्यमा ११ लाख कित्ता साधारण शेयर जारी गर्ने छ । कम्पनीले जारी पूँजीको १० प्रतिशत अर्थात् ५ लाख ५० हजार कित्ता साधारण शेयर आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाको लागि र बाँकी १० प्रतिशत अर्थात् ५ लाख ५० हजार कित्ता साधारण शेयर सर्वसाधारणलाई जारी गर्ने बताएको छ । कम्पनीले आवश्यक प्रक्रिया पूरा गरेर नियामक निकाय नेपाल धितोपत्र बोर्डबाट स्वीकृति पाएपछि मात्रै आईपीओ निष्कासन गर्नेछ । 

    कम्पनीले पाँचथरमा ९.९ मेगावाट ९मेवा० क्षमताको हेवाखोला ए साना जलविद्युत आयोजनाको निर्माण गरिरहेको छ ।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij