Logo

Nov 16 2025 | २०८२, कात्तिक ३०गते

Nov 16 2025 | २०८२, कात्तिक ३०गते

images

बैंकिङ प्रणालीमा अधिक तरलता भएपछि १ खर्ब खिच्दै राष्ट्र बैंक

बैंकिङ प्रणालीमा अधिक तरलता भएपछि १ खर्ब खिच्दै राष्ट्र बैंक

  • काठमाडौँ ।  राष्ट्र बैंकले बैंकहरुमा अधिक तरलता भएपछि  आइतबार बैंकिङ प्रणालीबाट १ खर्ब रुपैयाँ खिच्ने भएको छ। केन्द्रीय बैंकले निक्षेप संकलन उपकरण जारी गरी तीन साताको लागि एक खर्ब खिच्न लागेको हो।अहिले बैंकहरुमा तरलता थुप्रिएका कारण केन्द्रीय बैंकलाई ब्याजदर करिडोर व्यवस्थापन गर्न कठिन भएको छ। अन्तरबैंक ब्याजदर करिडोरको तल्लो सीमा भन्दा पनि तल झरेको छ। यसले गर्दा बजारमा तरलता सन्तुलन कायम गर्न केन्द्रिय बैंकले एक खर्ब रुपैयाँ तरलता खिच्न लागेको हो।

    राष्ट्र बैंकले बैंकहरुलाई स्थायी तरलता सुविधा उपलब्ध गराए पनि अन्तरबैंक ब्याजदर सीमामा राख्न नसके पछि निक्षेप संकलन उपकरण जारी गरि तरलता खिच्न लागेको हो। पछिल्लो समय केन्द्रीय बैंकले निरन्तर तरलता खिचिरहेको छ।

    राष्ट्र बैंकमा निक्षेप राख्न चाहाने बैंकहरुले भदौ २३ गते बेलुका ३ बजेसम्ममा आवेदन गर्न सक्ने छन्। 

     

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij