Logo

Dec 02 2024 | २०८१, मंसिर १७गते

images

कर्मचारी नै नभएको व्यक्तिको संलग्नता जोडेको भ्रममा नपर्न राष्ट्रिय कर्मचारी संगठनको आह्वान


२०८१, भदौ २४ सोमबार

  • 2.2k
    Shares

  • कर्मचारी नै नभएको व्यक्तिको संलग्नता जोडेको भ्रममा नपर्न राष्ट्रिय कर्मचारी संगठनको आह्वान

    काठमाडौँ । नेपाल राष्ट्रिय कर्मचारी संगठनले संगठनसँग आबद्ध नभएको मात्र नभई कर्मचारी नै नभएका व्यक्तिको संलग्नता जोडेर संगठनलाई बदनाम गराउन खोजिएकोमा आपत्ति प्रकट गरेको छ ।संगठनले यस्तो आपत्ति प्रकट गरी सत्ताको आडमा सञ्चालनमा गरिएको भ्रममा नफस्न सबैमा आग्रह गरेको हो ।
     
    देशमा हक अधिकार त्यसै प्राप्त नभएको बताउँदै संगठनले जारी गरेको विज्ञप्तिमा भनिएको छ ‘ मकैको खेती, एकादशी सभा, विराटनगर जुटमिलको मजदुर आन्दोलन, २००७ सालको क्रान्ति हुदै श्रमिकहरूको ऐतिहासिक पहलमा सुरु भएको ट्रेड युनियन आन्दोलन विभिन्न नाम र रूपमा विकसत भएर २०४६ सालको जनआन्दोलनसँगै  तत्कालीन राज्यको दमनका बाबजुद पनि राष्ट्रसेवकहरूको त्याग र बलिदानीबाट संगठित र विकसित हुँदै जनयुद्धको जगमा समानुपातिक, समावेशी तथा सहभागितामुलक राज्य प्रणाली लगायतका मुद्दाहरूको उठान गर्दै सम्पन्न भएको २०६३ सालको जनआन्दोलनसंगै निजामती सेवा ऐन, २०४९ मा चौथो संशोधन भई इतिहासमा पहिलो पटक नेपाली राष्ट्रसेवकहरूले पेशागत अधिकारको सुनिश्चितता र जनसेवामा प्रतिवद्धता सहितको ट्रेडयुनियन अधिकार प्राप्त गरेसँगै पहिलो पटक नेपालको संविधान, २०७२ ले श्रमिकहरूको हक अधिकारको सुनिश्चित गरेको छ ।’

    विज्ञप्तिमा अगाडि भनिएको छ ‘ ट्रेड युनियन आन्दोलनको विकासक्रमसँगै यसलाई बदनाम गराउने अवसरवादी प्रवृति कहिले सुषुप्त त कहिले खुलारूपमा देखा परिरहेको सन्दर्भमा विगत केही समयदेखि सत्ताको आडमा कर्मचारी साथीहरूलाई प्रलोभनमा पार्ने, डर त्रास सिर्जना गर्ने गरी हाम्रो संगठनका सदस्यहरूलाई समेत त्यस प्रकारका हर्कत गर्ने, हाम्रो संगठनको सदस्य नरहेका तथा संगठनको कुनै पदीय जिम्मेवारीमा नरहेका व्यक्तिहरू अझ निजामती सेवाभित्र हुँदै नभएका व्यक्ति समेतलाई हाम्रो संगठनसँग जोडेर भ्रम सिर्जना गरेको देखिन आएकोले ट्रेड युनियनको नामबाट भएगरेका यस्ता कुकृत्य गर्ने पात्र र प्रवृतिप्रति खेद प्रकट गर्दछौँ ।’
    संगठनले ‘ हाम्रो आन्तरिक जीवनमा देखा पर्ने समस्याहरू समाधान गर्न कार्यदलमार्फत् निरन्तर छलफल अगाडि बढिरहेका सन्दर्भमा नेपाल राष्ट्रिय कर्मचारी संगठनको मार्गनिर्देशक सिद्धान्त, नीति, योजना तथा कार्यक्रमप्रति प्रतिवद्ध साथीहरूलाई अवसरवादी र ट्रेडयुनियनको नाममा निकृष्टताको पराकाष्ठामा पुगेका अराजकहरूको भ्रममा नपर्न सबै साथीहरूलाई हार्दिक अपिल गर्दछौँ ।’

    संगठनका अध्यक्ष अम्बा दत्त भट्टले जारी गरेको विज्ञप्तिमा भनेका छन् ‘ यो देशका सरकारी निकाय र संरचनाहरू अमुक संस्था वा व्यक्तिले विर्ता स्वरूप प्राप्त गरेको होइन । सत्ताको आडमा भ्रम सिर्जना गर्ने र ट्रेडयुनियन आन्दोलनलाई बदनाम गराउने धमिराहरूबाट बेलैमा सचेत रही उक्त प्रवृत्ति एवं पात्रलाई निस्तेज पार्न सम्बन्धित ट्रेडयुनियनका जिम्मेवार साथीहरूसँग  हार्दिक अपिल गर्दछौं।’

    nnto.png

    प्रतिक्रिया दिनुहोस