Logo

Nov 10 2025 | २०८२, कात्तिक २४गते

Nov 10 2025 | २०८२, कात्तिक २४गते

images

अन्तर्राष्ट्रिय वित्त निगमका दक्षिण एसियाका निर्देशक फाखौरीलाई नेपालको आर्थिक सुधारको आधार तयार भइरहेको महासंघका अध्यक्ष ढकालद्वारा जानकारी

अन्तर्राष्ट्रिय वित्त निगमका दक्षिण एसियाका निर्देशक फाखौरीलाई नेपालको आर्थिक सुधारको आधार तयार भइरहेको महासंघका अध्यक्ष ढकालद्वारा जानकारी

  • काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले आर्थिक सुधारको आधार देशमा तयार भइरहेको बताएका छन् ।अध्यक्ष ढकालले सोमबार महासंघको सचिवालयमा अन्तर्राष्ट्रिय वित्त निगमका दक्षिण एशियाका क्षेत्रीय निर्देशक इमाद फाखौरीसँगको भेटवार्तामा बताएका हुन् । 

    सरकारले नेपाल उद्योग वाणिज्य महासंघले दिएको सुझावहरूलाई लिएर नयाँ पुस्ताका लागि सुधारहरू अगाडि बढाएको अन्तर्राष्ट्रिय वित्त निगमका क्षेत्रीय निर्देशक फाखौरीलाई जानकारी दिए ।

    सरकार, निजी क्षेत्र र अन्तर्राष्ट्रिय विकास साझेदारहरूले हातेमालो गरेर आर्थिक वृद्धिलाई प्रवद्र्धन गर्न सकिने विश्वास अध्यक्ष ढकालले व्यक्त गरे ।दुई संस्थाले स्थानीय र अन्तर्राष्ट्रिय बजारमा व्यवसायहरूको प्रतिस्पर्धात्मकता सुधार गर्न मिलेर जान सकिने पनि अपेक्षा उनले व्यक्त गरे ।

    अन्तर्राष्ट्रिय वित्त निगमका क्षेत्रीय निर्देशक  फाखौरीले सार्वजनिक–निजी साझेदारीहरूमा थप जोड दिनुपर्ने  आवश्यकता औँल्याए । यो समयमा नेपालले केही आर्थिक चुनौतीहरूको सामना गरिरहेको भए पनि देशका लागि धेरै अवसरहरू पनि रहेको विश्वास फाखौरीले व्यक्त गरे ।

     

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij