काठमाडौँ । सरकारले सरकारी कार्यालयमा शेयर कारोबार गर्ने प्रणाली टीएमएस नचल्ने व्यवस्था गर्न निर्देशन दिएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले सबै मन्त्रालय, आयोग, सचिवालय, कार्यालयलाई पत्र पठाइ देशभरिका सबै सरकारी कार्यालयमा शेयर कारोबार गर्ने प्रणाली टीएमएस नचल्ने व्यवस्था गर्न निर्देशन दिएको हो ।संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलाई टीएमएस नचल्ने व्यवस्था गर्न निर्देशन दिइसकेको छ ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयलाई पत्र पठाउँदै टीएमएस नचल्ने व्यवस्था गर्न भने अनुसार सरकारले यस्तो निर्देशन दिएको हो ।‘अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालयमा टीएमस नचलाउने व्यवस्था सम्बन्धमा नेपाल सरकारका सबै सरकारी तथा सार्वजनिक निकायहरूमा कार्यालय समयमा टीएमस नचलाउने व्यवस्था गर्न र सो समयमा टीएमस चलाएको वा नचलाएको सम्बन्धमा सूचना प्रविधिको प्रयोग गरी चेकजाँच गर्न सकिने व्यवस्था मिलाउनुपर्नेछ,’ प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको पत्रमा भनिएको छ ।सरकारी कार्यालयमा टीएमएस नचल्ने व्यवस्थाबाट सो समयमा कर्मचारीहरूले शेयर कारोबार गर्न पाउने छैनन् ।
© 2025 All right reserved to Nayasadak.com | Site By : Sobij