Logo

Nov 10 2025 | २०८२, कात्तिक २४गते

Nov 10 2025 | २०८२, कात्तिक २४गते

images

राष्ट्र बैंकले बुधबार बैंकिङ प्रणालीबाट ४० अर्ब बराबरको तरलता सोस्दै

राष्ट्र बैंकले बुधबार बैंकिङ प्रणालीबाट ४० अर्ब बराबरको तरलता सोस्दै

  • काठमाडौँ । नेपाल राष्ट्र बैंकले बुधबार ४० अर्ब रुपैयाँ बराबरको तरलता तान्न लागेको छ । केन्द्रीय बैंक राष्ट्र बैंकले  बैंकिङ प्रणालीमा बढेको अधिक तरलता ४० अर्ब सोस्न  लागेको हो ।

    निक्षेप संकलन उपकरण बोलकबोलको माध्यमबाट ४० अर्ब बराबरको तरलता तान्न लागेको जनाउँदै केन्द्रीय बैंकले वाणिज्य बैंक, विकास बैंक र फाइनान्स कम्पनीहरूलाई  मात्र बोलकबोलमा सहभागी हुन  भनेको छ ।

    निक्षेप संकलनको बोलकबोलमा निक्षेपवापत जम्मा गर्न चाहेको रकम र ब्याजदर दशमलव पछिको हकमा चार अंकसम्म उल्लेख गरी भाग लिन भनिएको छ । यसरी तानिएको रकमको साँवा र ब्याज एकमुष्ठ रूपमा राष्ट्र बैंकले असोज १६ गते भुक्तानी दिने जनाएको छ ।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij