काठमाडौं । ओरियन्टल होटल्स् लिमिटेडले गत आर्थिक वर्ष ०८०र८१ को मुनाफाबाट कुल ५ दशमलव २६ प्रतिशत लाभांश दिने भएको छ । भदौ २७ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले लाभांश वितरणको प्रस्ताव गर्दै असोज २० गते २७औं वार्षिक साधारण सभा गर्ने निर्णय गरेको हो ।ओरियण्टल
सभा नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठान, जावलाखेल, ललितपुरमा बिहान ११ बजे सुरु हुनेछ । सभाले गत वर्षको मुनाफाबाट हाल कायम चुक्तापूँजीको आधारमा ५ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि शून्य दशमलव २६ प्रतिशत नगद लाभांश वितरणको प्रस्ताव पारित गर्नेछ । हाल कम्पनीको चुक्तापूँजी १ अर्ब १२ करोड ८० लाख ९० हजार रुपैयाँ रहेको छ ।
© 2025 All right reserved to Nayasadak.com | Site By : Sobij